
आगामी मार्च पचिसदेखि सताईस गतेसम्म युकेमा अवस्थित एक बिश्वबिद्यालयमा नेपाली विद्यार्थीले प्रेसिडेन्ट पदमा उम्मेदवारी दिएका छन् ।
युनिभर्सिटि अफ द वेस्ट अफ स्कटल्यान्डमा नेपाली विद्यार्थी गुमानसिङ (शेरिहाङ) लिङदेनले प्रेसिडेन्ट पदमा उम्मेदवार दिएका हुन् । करिब पचिस हजार बिद्यार्थी रहेको विश्वबिध्यालयमा हरेक दुई बर्षमा स्टुडेन्ट युनियनको निर्वाचन हुने गरेको छ । बेलायतको बिभिन्न पाँच स्थानमा रहेको उक्त विश्वबिद्यालयमा एक साथ चुनाव हुन लागेको हो । विश्वभरिबाट अध्ययन गर्न आउने विद्यार्थीहरु बिच हुन लागेको चुनाव निक्कै रोचक हुने देखिन्छ । प्रेसिडेन्टमा दुई जनाले उम्मेदवारी दिएका छन । लिङ्देनको स्पर्धी हुन्, ओमोवालेओला । अफ्रिकी मूलका बेलायती उनी अघिल्लो निर्वाचनमा निर्वाचित प्रेसिडेन्ट समेत हुन । पाकिस्थानी उम्मेदवारसंग प्यानल गरि चुनावमा होमिएका उम्मेदवार लिङदेन चुनाव जितिने कुरामा आसावादी रहेकोे सेवारोपोष्टलाई बताएका छन् । सो विश्वबिद्यालयमा पहिलो पटक नेपालीले प्रेसिडेन्ट पदको लागि उम्मेदवार दिएको बताइन्छ ।