पथरी । समाचार संकलनका क्रममा पत्रकारको हत्या भएको र सञ्चारमाध्यममा आक्रमण गरिएको घटनाको पत्रकारहरुले मोरङ पथरीमा पनि विरोध प्रदर्शन गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङ सम्पर्क कार्यालयको आयोजनामा पत्रकारले प्रदर्शन गरेका हुन् । राजावादीको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण काठमाडौंमा एभिन्युजमा कार्यरत पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो । भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि जलेर शुक्रबार उनको मृत्यु भएको हो । घटनाको निन्दा गर्दै छानबिन र दोषीउपर कारबाहीको माग राखेर पत्रकार महासंघले प्रदर्शन गरेको हो ।
नेपाल पत्रकार महासङ्घ मोरङ शाखाका कार्यसमिति सदस्य ईश्वर दुलालको अगुवाइमा भएको शोक सभामा नेपाल प्रेस युनियन केन्द्रीय पार्षद रामकुमार परियार, सेवारो पोस्ट डट्कमका प्रधान सम्पादक फिपराज बेघा, पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक सन्तोष राई, प्रदेश दैनिक डटकमका प्रकाशक भीमराज अधिकारी, तिम्मा न्युज अनलाइनका सम्पादक विजय खम्बु, पूर्वाञ्चल दैनिक तथा विराट टेलिभिजनका पत्रकार छविराज ढकाल, हिमशिखर टेलिभिजनका पत्रकार भूमिप्रसाद पाठक, बिजिनेससंसार युट्युब च्यानलकी प्रस्तोता संगीता राई, पीएलटिभीका प्रोप्राइटर अनुप योन्जन, रियल न्युज अनलाइनका बिनायक पाठक लगायत को उपस्थिति रहेकोे थियो । महासंघका जिल्ला सदस्य ईश्वर दुलालले पत्रकारितामाथि भइरहेका आक्रमणको कडा विरोध गर्दै पत्रकारको हक, हित र सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरे।


91 पटक हेरिएको 









