दमक । फक्ताङलुङ साँस्किृतिक मञ्चले याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उद्देश्यसहित आयोजना गरेको ‘याक्थुङ फक्ताङलुङ आइडल सेकफुङ(सिजन) ३’ गायन प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ चैत २३ गते शनिबार सम्पन्न हुने भएको छ ।
‘याक्थुङ साम्लो साम्लोरीरो साम्लोई लोई लाम्लोरिरो’ भन्ने मूल नाराका साथ स्थापित फक्ताङलुङ साँस्किृतिक मञ्चले आइतबार एक विज्ञप्ति जारी गर्दै ‘याक्थुङ फक्ताङलुङ आइडलअम्द सेकफुङ(सिजन) ३’ को फिनाले रोयल पार्टी प्यालेस दमक–५, झापामा सम्पन्न गर्न लागेको जानकारी दिएको हो ।
दोस्रो चरणको मुक्कुमलुङ संरक्षण आन्दोलनका कार्यक्रम घोषणा भएको हुनाले ‘याक्थुङ फक्ताङलुङ आइडल सेक्फुङ–३’ को ‘ग्राण्ड फिनाले’ चैत २३ गते नै सम्पन्न गर्न लागिएको मञ्चका अध्यक्ष पुर्ण कुमार सेर्मा(यादन) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मञ्चले ग्राण्ड फिनाले कार्यक्रममा सहभागी हुन प्रतियोगिताका निर्णयक मण्डल(जज) र उत्कृष्ट १० फाइनलिष्टलगायत सहयोगी, शुभेच्छुक, तुत्तु तुम्याङ, याक्लागेन सुहाङमा, बुद्धिजीवी, मुन्धुम साम्लो अनुरागी सबैलाई आह्वानसमेत गरेको छ ।
लोपोन्मुख रैथाने याक्थुङ गीत संगीतको संरक्षण सम्बद्र्धन र बिकास गरि मुन्धुमी संगीतको दुनियाँमा नयाँ आयाम थप्ने, नयाँ पुस्तालाई आकर्षण गरी जिम्मेवारी सुम्पने उद्देश्यका साथ यस फक्ताङलुङ साँस्कृतिक मञ्चले विगत वि.सं २०६५/६६ देखि निरन्तर विभिन्न गतिविधि सञ्चालन गर्दै आईरहेको जग जाहेर नै छ’, विज्ञप्तिमा उल्ले खछ ।
मञ्चले जनाए अनुसार यसै वर्षको बैशाख १ गते देखि तेस्रो सिजन ‘याक्थुङ फक्ताङलुङ आइडल’ अनलाईन अडिशन आबेदन फारम खोली जेठ महिना देखि संसार भरीका याक्थुङ प्रतिभाहरु खोज्न प्रबिधिको माध्यमबाट शुरूवात गरि नेपाल, भारत सिकिम, दुबाई र कोरिया साथै विभिन्न देशहरुमार्फत ५३ जना प्रतियोगीहरुलाई अनलाइन मार्फत चरणबद्ध रूपमा अडिसन लिइएको थियो ।
पहिलो चरणबाट ३८ प्रतियोगी, दोस्रो चरणबाट २५ प्रतियोगी, तेस्रो चरणबाट १५ जना र चौथो चरणबाट (टपटेन)उत्कृष्ट १० छनोट गरिएको आयोजकको भनाइ छ ।
यसअघि अन्तिम छनौटमा परेका १० जना प्रतियोगीहरुलाई काठमाडौं उपत्यका, याक्थुङ लाजे माङसेबुङ र दमक झापामा एक महिने मुन्धुमी प्रशिक्षण गराई बिजेता घोषणाको अन्तिम मिति गत माघ २५ र २६ तोकिए पनि मुक्कुमलुङ क्षेत्रमा जारी नो केबलकार आन्दोलनका कारण स्थगन गरिएको विज्ञप्तिमा भनिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार