पथरी । जारी प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदैछ ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ वडा कार्यालयको आयोजनामा जातेमोडमा हुने स्पर्धा वडा नम्बर १ र ९ बीच हुनेछ।फाइनल खेल दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ ।
आइतबार भएको खेलमा वडा नं. ९ विजयी हुँदै फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा वडा नं. ९ ले वडा नं. २ लाई टाइब्रेकरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । निक्कै रोमाञ्चकपूर्ण भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४–५ गोल अन्तरले वडा नं. ९ विजयी हुँदै वडा नं. १ सँग फाइनल खेलको भेट पक्का गरेको हो । खेलको म्यान अफ दि म्याच वडा नं. ९ का योगेश धिमाल घोषित भए ।


64 पटक हेरिएको 









