खसेलाको टोपी र झोला बनाउन सिके

आइतबारे । पथरी शनिश्चरे नगरपालिकाका २२ महिलाहरुले मकैको खसेलाबाट तयार हुने टोपी र झोला बनाउन सिकेका छन् ।

३० दिन लगाएर टोपी र झोला उत्पादन सम्वन्धी सिपमुलक तालिम लिएर सिकेका हुन् । नगरको आयोजनामा भएको सो तालिमको आज समापन गरिएको हो । सो तालिममा नगरका २२ जना महिलाहरुको सहभागिता रहेको थियो । ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम सिता परियार र सविता वलीले सिकाएका थिए । स्थानीय स्तरमा पाइने खेर गइरहेका कच्चा पदार्थहरुको सदुपयोग गर्ने उद्देश्य सहित यो तालिमको आयोजना गरिएको हो ।
समापन कार्यक्रममा  वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बुउयस्तैगरी कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत शशि राई र वडा नं. ७ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक उद्धवराज बस्नेत  पथरी शनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाकी सहजकर्ता भगवती कटुवालले मन्तव्य राखेका छन् ।  कार्यक्रममा वडा सदस्यहरु चन्द्रप्रकाश चेम्जोङ, टंकप्रसाद पराजुली, झन्केश्वरी अधिकारी लागयतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार