किसानले बाटोमा मकै सुकाउन पाउछन् कि पाउदैनन् ?

पथरी । अहिले मकैको सिजन हो । मकै थन्काउन व्यस्त किसान हरुले बाटोमा मकै सुकाउने गरेको पाइन्छ । के मकै सुकाउन पाइन्छ त?

पथरी शनिश्चरे नगरपालिकाको ग्रामीण क्षेत्रहरुमा सडकमा बिस्कुन लगाउने/खाद्यान्न सुकाउने गरेकोले दुर्घटनामा वृद्धि भएको भन्दै जनगुनासो आएपछि नगर प्रहरीले निगरानी थालेको छ ।
नगर प्रहरी इन्चार्ज असई योगेन्द्र श्रेष्ठको कमाण्डमा पथरी शनिश्चरे वडा नं. ४, ५, ६, ८, ९ र १० का पक्की सडकमा निरीक्षण गर्दा मकै, गहुँ, धान, तोरी, बेसार, मकैका खोस्टा तथा अन्य खाद्यान्न सडकमै फिजाएर सुकाइएको भेटिएको छ ।
निरीक्षणका क्रममा सम्वन्धित घरधनीहरूलाई सम्झाई बुझाई गरी यस्ता वस्तुहरू सडकमै नसुकाउन आग्रह गरिएको नगर प्रहरीले जानकारी दिएको छ । विहिबार नगर प्रहरीले प्रथम पटक जानकारीमूलक चेतावनी स्वरुप सम्झाइ बुझाइ गरिएको छ । यदि पुनः दोहोरिएमा कडाइका साथ कारबाही गर्ने चेतावनी दिइएको नगर प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार