मन्टेश्वरी तालिम सकियो

पथरी ।  पथरी शनिश्चरे नगरपालिकामा प्रारम्भिक बालविकास सहजकर्ताहरुका लागि ७ दिने मन्टेश्वरी तालिमको आज समापन भएको छ ।
आज नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा प्रारम्भिक वाल विकास कक्षामा कार्यरत सहजकर्ताहरुको लागि मन्टेश्वरी पद्धतिमा आधारित ७ दिने पुनर्ताजगी तालिमको समापन भएको हो ।
शिक्षा, युवा तथा खेलकुद शाखा पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको तालिमको सहजकर्ताको भूमिका यमुना तिम्सिना र सुजता खनालले निर्वाह गरेका थिए। आयोजकका तर्फबाट सहजकर्ताद्वयलाई प्रशंसा पत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीको तर्फबाट सरस्वती आविकी योगमाया ढुंगानाले आफ्ना कुराहरु राखिन । तालिममा सहभागीहरुले तालिम निक्कै फलदायी भएको र आफू कार्यरत विद्यालयमा भोलिबाटै लागू गर्ने सुझाए । तालिममा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा पथरी शनिश्चरेका शाखा प्रमुख नविन खुलाल , नगर शिक्षा शाखाका प्रा.स. विना मिश्र लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार