काठमाडौ । याक्थुङ युवा मन्च जिल्ला कार्यासमिति काठमाडौद्वारा आयोजित सिसेक्पा कप पुरुष तथा महिला फुटसल प्रतियोगिता २०८२ सकिएको छ ।
साउन ९ र १० गते फुट्सल भिलेज र टर्फ पार्क फुटसल, ललितपुरमा भएको फुट्सलमा पुरुष ४८ र महिला २२ टिमको सहभागिता रहेकोे थियो । पुरुषतर्फ आङबुहाङ एफ सि ( ८० हजार मेडल ट्रफी ) र व्ही आर ब्रोदर्स एफसि क्रमशः विजेता र उपविजेता बन्यो । विजेताले ८० हजार र उपविजेताले ४० हजार मेडल, ट्रफी प्राप्त गर्यो ।
महिलातर्फ सङ्कटा एफ सि विजेता र कृजल एफ सि उपविजेता बन्यो । सङ्कटाले २५ हजार मेडल ट्रफी र उपविजेता क्रिजल एफ सिले पन्ध्र हजार मेडल ट्रफी प्राप्त गर्न सफल भयो ।
पुरुष स्पर्धातर्फ छैटौँ सस्करण गरेको आयोजकले महिला विधातर्फ पहिलो चोटी आयोजना गरिएको हो । कार्यक्रममा पुर्णिमा राईलाई नगद १५ हजार, सम्मान पत्र र लिम्बु हरुको मौलिक पहिचान सिलाम साक्मा प्रदान गरि सम्मान गरेको छ ।


83 पटक हेरिएको 









