सहलेश बेलबारी गोल्डकपको फाइनलमा प्रवेश

मोरङ । सिराहकाे सहलेश बेलबारी आरजु राईस मेजर स्वर्गीय एन. बि. रुङ‌‌माहाङ अन्तराष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाईनल प्रवेश गरेकाे छ ।
मोरङको बेलबारी-११, लक्ष्मीमार्गमा जारी गोल्डकपको शुक्रबार भएकाे दाेस्राे सेमिफाईनल खेलमा सहलेश युथ क्लब, सिराहले १-० गाेल अन्तरले भाेजपुर फुटबल संघ, भाेजपुरलाई स्तब्ध बनायाे ।
खेलकाे अन्तिम मिनेटमा सहलेशका जर्सि नम्बर ११ का सुजन डंगाेलले गाेल गर्दै टिमलाई विजयी बनाए । जितसँगै सहलेशले फाईनलमा बि डिभिजन लिग विजेता प्लानिङ ब्वाईज युनाईटेड, काठमाण्डाै सँग उपाधीका लागि भिड्नेछ ।
मध्यान्तर अघि सहलेशले २५ ओै मिनेटमा डिबक्स नजिक पाएकाे फ्रि किक जर्सि नम्बर १० का मिलन राईकाे प्रहार फितलाे रह्याे । भाेजपुरका जर्सि नम्बर ९ श्याम मुर्मुले राम्राे मुभ बनाए पनि गाेल हुन सकेन । सहलेशका जर्सि नम्बर ७ का समीर तामाङले ३८ मिनेटमा गरेकाे शसक्त प्रहार गाेल हुन सकेन । मध्यान्तर पछिकाे १२ ओै मिनेटमा भाेजपुरका जर्सि नम्बर १८ का याेगेन कार्की दाेहाेराे कार्ड सहित खेल मैदान बाहिरिए । मध्यान्तरपछि दुवै टिम आक्रमक रुपमा प्रस्तुत भएका थिए । खेलकाे म्यान अफ द म्याच भाेजपुरका टिम कप्तान जर्सि नम्बर ६ का विवेक राई घाेषित भए । उनले नगद ७ हजार रुपैया प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार