शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ

पथरी । आधारभूत स्वास्थ्य सेवा केन्द्र (पथरी शनिश्चरे-७) मा भएको प्रजनन रुग्णता सम्बन्धी निःशुल्क स्वास्थ शिविरमा १ सय ६३ जनाको स्क्रीनिङ गरिएको छ ।
शुक्रबार भएको स्क्रीनिङमा आङ खस्ने सममस्या ४० जना, सम्भावित स्तन क्यान्सर १ जना, निःसन्तान भएको दम्पत्ती ३ जना, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन गरिएको १ सय ६३ जनाको भीआईए जाँचमा २ जना पोजेटिभ आई कोल्डकगुलेसन थेरापिबाट उपचार गरिएको बताइएको छ । भिजुयल इन्सपेक्सन (भी.आई.ए)बाट सम्भावित पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन नसकि HPV DNA का लागि प्रदेश जनस्वास्थ्य कार्यालयमा विशेष जाँचका लागि पठाइएको सेम्पल ८ जना र पाठेघर खसेका २ जना महिलाको रिङ प्रेसरी लगाएको स्वास्थ्य अधिकृत एकराज खत्रीले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार