पथरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा विद्यालयका किशोरीहरुलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रमको समीक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमबार आयोजित कार्यक्रममा विद्यालयस्तरमा सञ्चालन हुने आइरन तथा फोलिक एसिड कार्यक्रमको समीक्षा गर्नुका साथै आगामी कार्ययोजनाबारे अभिमुखीकरण गरिएको हो ।
कार्यक्रममा विद्यालय आइरन तथा फोलिक एसिड कार्यक्रम अनिवार्य रूपमा सबै वडाका स्वास्थ्य संस्थामार्फत विद्यालयहरूमा सञ्चालन गर्ने निर्णय गरिएको छ । साथै विद्यालय पोषण कार्यक्रम अन्तर्गत वडा नं. ५ को अमर सिंह मावि, वडा नं. ६ को रामजानकी आवि, वडा नं. ८ को मिलन आवि, वडा नं. १० को जालपा सिंहदेवी विद्यालय तथा वडा नं. २ को विश्वनाथ संस्कृत माविमा कार्यक्रम सञ्चालन गरिने निर्णयसमेत गरिएको छ । कार्यक्रमको सहजीकरण स्वास्थ्य अधिकृतद्वय जगतप्रसाद मगर र एकराज खत्रीले गरेका थिए ।


16 पटक हेरिएको 











