पथरी बजार क्षेत्रको सडक निर्माणमा वृहत् छलफल

पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा बसेको त्रीपक्षीय बैठकले पूर्व–पश्चिम राजमार्ग (एसियन हाईवे) काकरभिट्टा–लौकही सडक खण्ड अन्तर्गत पथरी बजार क्षेत्रको सडक निर्माण सम्वन्धी विषयमा वृहत् छलफल गरेको छ ।
शनिबार नगरपालिकामा भएको छलफल पश्चात् ५० मिटर सडक विस्तारका क्रममा देखिएका समस्याहरु हल गरी ५० मिटर नै कायम गरी निर्माण कार्य पथरीको बीच भागबाट सुचारु गरिने भएको छ । केही समयअघिदेखि पथरी शनिश्चरे खण्डमा विभिन्न समस्याहरू उत्पन्न भई सडक निर्माण कार्यले तिव्रता पाउन सकेको थिएन । अब भने पथरी शनिश्चरे क्षेत्रमा पर्ने एसियन हाइवेको पथरी बजार क्षेत्रको सडक निर्माण कार्य तिव्ररुपमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार