पथरी । पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय बाली विमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम बिहिवार सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत कृषि विकास शाखाको आयोजनामा अभिमुखीकरण सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता आर्थिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेतले गरिएको कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापोले कृषकहरूको उत्पादनको सुरक्षा र जोखिम न्यूनीकरणका लागि बाली विमाको महत्वबारे प्रकाश पार्दै आफ्ना धारणा व्यक्त गरे।
अभिमुखीकरण कार्यक्रममा कृषि विकास शाखाका कर्मचारीहरू, नगरका कृषकहरू तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाली विमासम्बन्धी व्यवस्था, प्रक्रिया, लाभ तथा दाबी भुक्तानीका विषयमा जानकारी गराइएको थियो । कार्यक्रमको सहजीकरण सानिमा जि.आई.सी. इन्स्योरेन्स लिमिटेड ले गरेको थियो ।


5 पटक हेरिएको 




