विराटनगर । “अहिलै गरौं एकै साथ गरौं उष्णप्रदेशीय रोगहरुमा लगानी गरौं” भन्ने मुल नाराका साथ बिराटनगरमा चौथो विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवस २०७९ सम्पन्न भएको छ ।
सोमबार प्रदेश नम्बर १ की स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको थियो । कार्यक्रममा प्यानल छलफल साथै रोग कसरी निर्मुल गर्न सकिन्छ भन्ने बारेमा महत्वपुर्ण छलफल भएको थियो । नीति तथा योजना महाशाखा प्रमुख डा.सुरेश मेहेता, नगरपालिका महासंघ १ नम्बर प्रदेशका अध्यक्ष एवं बेलबारी नगरपालिकाका मेयर दिल प्रसाद राई, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष लिला वल्लब घिमिरे लगायतका विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


140 पटक हेरिएको 







