पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँसखोला अगाडि सवारी दुर्घटनामा परी बेलबारी नगरपालिका कृषि प्राविधिकको मृत्यु भएको छ । हिजो करिब साढे पाँच बजे भएको दुर्घटनामा परी ३० वर्षीय दमक नगरपालिका-४ कृष्णमन्दिर घर भएका विशाल सिटौलाको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो ।


138 पटक हेरिएको 












