टिकटकमा जस्तै ट्वीटरमा भिडियो बनाउन सकिने

माइक्रो ब्लगिङ साइट ट्वीटरले विभिन्न नयाँ फिचरहरू ल्याउने गरेको छ । ट्वीटरले आफ्नो एपमा यस्तो नयाँ फिचर थप गर्दैछ जहाँ प्रयोगकर्ताहरुले फोटो तथा भिडियो मार्फत् कुनै पनि ट्वीटमा प्रतिक्रिया जनाउन सक्नेछन् । ट्वीटरले थप गर्न लागेको उक्त नयाँ फिचरको नाम quote tweet with reaction हुनेछ । यो रिट्वीट मेन्यूमा उपलब्ध हुनेछ ।

ट्वीटरको यो फिचरमा हुबहु टिकटक तथा इन्स्टाग्राम रिल्स जस्तै भिडियो तथा फोटो देखिनेछ । ट्वीटरका अनुसार हाल ट्वीटरको आइओएस एपमा यो फिचरको परीक्षण भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार