विश्व इतिहासकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले एक वर्षमा तिर्ने आयकर झण्डै नेपालको वार्षिक बजेट जति छ ।
विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर अर्थात् करिब १३ अर्ब ३५ अर्ब डलर हुनेछ । यो रकम भनेको विश्वमा कुनै पनि व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै आयकर हो ।
गत नोभेम्बर यता मस्कले टेस्ला कम्पनीको १४ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन् । टेस्लाको १० प्रतिशत शेयर बिक्री गर्ने कि नगर्ने भनेर आफ्ना ट्विटर फलोअर्समाझ मत सर्भेक्षण गरेर ग्रिन सिग्नल पाएसँगै मस्कले शेयर बिक्रिी सुरु गरेका हुन् । टेस्ला कम्पनीमा २३ प्रतिशत शेयर हिस्सा रहेका मस्कले शेयर बिक्रीलाई निरन्तरता दिनेछन् । टाइम म्यागेजिनले एलन मस्कलाई सन् २०२१ को वर्ष व्यक्ति घोषणा गरेको छ ।
२ अर्ब ४३ करोड सम्पत्ति भएका मस्कले सन् २०१८ मा अमेरिकामा कत्ति पनि संघीय नतिरेको आरोप लागेको थियो । तर सन् २०२१ मा भने उनले इतिहासकै धेरै आयकर तिर्ने घोषणा गरेका हुन् ।


238 पटक हेरिएको 












