पथरी । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै इलामको दुई पालिकाको कार्यालयमा तालाबन्दी गरेको छ ।
विहीबार माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । प्रदर्शनकारीले कोशी प्रदेश विरुद्ध नारा लगाउँदै कोशी प्रदेश लेखिएको लेटरप्याड र स्टामसमेत जलाएका छन् । प्रदेश नम्बर १ पुनः नामकरण समितिको अगुवाईमा भएको सो विरोध कार्यक्रम गरेको हो ।

त्यस्तै झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पनि प्रदर्शनकारीले तालाबन्दी गरेको छ ।
मोरङको केराबारी गाउपालिका कार्यलय र पालिकाको सम्पुर्ण वडा कार्यालयमा तालाबन्दी गरेको खबर प्राप्त भएको छ ।



112 पटक हेरिएको 












