पथरी। मोरङको पथरी शनिश्चरेमा हुने नगरस्तरीय खुल्ला कविता प्रतियोगिता -२०८१ को पहिलो एडिसन सम्पन्न भएको छ।
शनिबार पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला साहित्य प्रवर्द्धन समितिको आयोजनामा सो प्रतियोगिता सम्पन्न भएको हो।
कला साहित्य प्रवर्द्धन समितिका संयोजक लक्ष्मीप्रसाद फुयालले प्रतियोगिताको पहिलो चरणाबाट १० जना प्रतियोगी कविहरू छनौट भएको बताए । उनले छनौटमा परेका कविहरूले आगामी असार १५ गते शनिवार एभरेष्ट माध्यमिक विद्यालयको सभाहलमा हुने प्रतिस्पर्धामा सहभागिता जनाउने जनाए। अडिसन बाट क्रमशः दुर्गाप्रसाद तिम्सिना, उमा आचार्य, लाजिमा सुन्दास, पवित्रा खनाल,कृष्णप्रसाद अधिकारी, प्रशुन्ना तिम्सिना, प्रेमकला घिमिरे, लोकसागर साम्बा, मञ्जरी घिमिरे र दीपिका अधिकारी छनौट भएको बताइएको छ ।
प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका पुर्व नगरप्रमुख दिलिप कुमार राईले राष्ट्रिय भावयुक्त ओतप्रोत कवितांश पढेर समुद्घाटन गरे । सो अडिसनमा २२ जना कवि/ कवियत्रीहरूले सहभागिता जनाएका थिए।
कला साहित्य प्रवर्द्धन समितिका अध्यक्ष धनराज राई ‘ अमीर ‘ को अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको संयोजन लक्ष्मीप्रसाद फूयाँलले गरेका थिए। उक्त अवसरमा साहित्यकार कोषराज श्रेष्ठ , गणेश वाच्छना राई, भुपेन्द्रराज तिमल्सिना, सुनसरीका साहित्यकार किशोर कोइराला, झापाका साहित्यकार विन्दु दहाल ” विन्दु ‘ चलचित्रकर्मी तथा नाट्यकर्मी जीवन बराल, हरेन्द्र खत्री, लगायतको उपस्थिति रहेको थियो।


103 पटक हेरिएको 











