सभामुखमा गौतम बन्ने निश्चित

मोरङ । प्रदेश १ सभामुख पदमा माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्वाचित हुने निश्चित प्राय छ ।
१५ हजार ७ सय ३८ मत प्राप्त गरी निर्वाचित भएका उनले सत्तारुढ दलको पक्षबाट उम्मेदवारी दर्ता गराउनुको साथै प्रतिपक्षी कांग्रेसले उम्मेदवारी नदिएपछि सभामुख पदमा निर्वाचित हुने निश्चित भएको हो । बिहीबार बिहान ११ बजे सभामुख पदको निर्वाचत कर्मकाण्डी मात्र हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ दल एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको १ गरी ६० प्रदेश सांसद छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेसको २९ र प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)को ४ प्रदेश सांसद रहेका छन् ।
लिखु गाउँपालिका-८ घर भई ओखलढुंगा १ (२) बाट प्रदेशसभामा निर्वाचित ४९ वर्षीय गौतमले प्रवीणता प्रमाणपत्र तह उत्तीणर् गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार