विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपिनियताको सपथ गराएका छन् । शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मौजुदा मन्त्रीपरिषदमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम पद तथा गोपनियताको सपथ गराएका हुन् । विना विभागीय मन्त्रीको हैसियतमा दुर्गाप्रसाद चापागाइँ, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई सपथ लिएका छन् । माओवादीबाट पार्टी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य र दुर्गा प्रसाद चापागाई एमालेबाट बुद्धि कुमार राजभण्डारी नियुक्त भएका हुन् । यसअघि तिलकुमार मेन्याङ्बो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू नियुक्त भइसकेका छन् । सबै मन्त्रीज्यूहरुको मन्त्रालय पछि तोकिने भएको छ ।


179 पटक हेरिएको 












