कुसङ येले तङबे-५०८३ तथा कक्फेक्वा तङनामको शुभकामना आदान प्रदान सम्पन्न

 98 पटक हेरिएको

दमक(झापा) किरात लिम्बू/याक्थुङ समुदायले आइतवार विभिन्न कार्यक्रम गरि बृहत सांस्कृतिक कार्यक्रम सहित येले तङबे र कक्फेक्वा तङनाम-५०८३ मनाएको छ ।
माघ १ गते आइतवार झापाको कमल गाउँपालिका वडा न. ५ सिम्लेमा मुन्धुम्यकमा किरात याक्थुङ चुम्लुङ झापा जिल्ला शाखा अध्यक्ष सेसेहाङ फियाकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। केलाङ प्रतियोगिता, शुभकामना आदानप्रदान र बृहत सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा मुन्धुम्यक् केलाङ प्रतियोगितामा कमल वडा नं. ७ को केलाङ समूह प्रथम भएका थिए । कमल गा.पा. वडा नं. २ केलाङ समूहको टोली दोस्रो र कमल गा.पा. वडा नं. ४ तेस्रो भएको निर्णायक समिति सदस्य सेसेमी सेनाल्बो वताए ।
खेलमा चुलाचुली गा.पा. ४ को केलाङ समूह, कमल गा.पा. वडा नं. ५ केलाङ समूह र दमक न.पा. वडा नं. २ केलाङ समूह सहित जम्मा ६ केलाङ समूहको सहभागी रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । पक्लुङ तथा पालाम प्रतियोगिताको पनि आयोजना गरिएको थियो । पक्लुङ (छेलो) तर्फ चुलाचुली बुक्वाका राजकुमार लिम्बू प्रथम भएका थिए । खेलमा ६ समूहको सहभागिता रहेको थियो ।
कार्यक्रममा चुम्लुङ संघीय सदस्य तथा ५ नं. वडा सदस्य जनप्रतिनिधि चन्द्रकला सुब्बा, लिम्बुवान प्रदेश सदस्य कविन्द्र सेर्मा, साङसेन पन्दाक, राष्ट्रिय चुम्लुङ सदस्य गुमान सिं सङबाङफे, लिम्बू भाषा साहित्य प्रतिष्ठान कुलपति सेसेमी सेनाल्बो, कमल ५ नं. वडाध्यक्ष लाल बहादुर विष्ट, ५ नं. वडा सदस्य चुरुङहाङ लाओती, कियाचु झापा जिल्ला सल्लाहकार सूर्य यक्पाहाङदेन, झापा जिल्ला सदस्य इन्द्र सोदेम्बा, दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ, चुलाचुली ४ वडा अध्यक्ष घनेन्द्र केरुङ, इमानसिं चेम्जोङ स्मृति प्रतिष्ठान अध्यक्ष वीर बहादुर चेम्जोङ, रंगकर्मी राज थापा लगायत इलामको चुलाचुली, झापाको कमल र दमकमा बसोबास गर्ने लिम्बू जातिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिका शाखा समिति अध्यक्ष दिवस सङबाङफेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार