र आफै संग यसरी छुटेको छुँ म तिमी भित्र कतै बाँकी रहेको छुँ म यही बेला फेरि तिमी पत्थर भयौ यही बेला फेरि सिसा भएको छुँ म खस्ने डरले हरेकपल, तर्साइ रहन्छ आँसु हुँ कसैको आँखामा बसेको छुँ म उ आगोले जलेका घाउहरु देखाउछ आगो बिना कैयौं पटक जलेको छुँ म आउ मेरो तमासा देख्न चाहनेहरु हो खुलेआम बजारमा निस्केको छुँ...






