र आफै संग यसरी छुटेको छुँ म
तिमी भित्र कतै बाँकी रहेको छुँ म
यही बेला फेरि तिमी पत्थर भयौ
यही बेला फेरि सिसा भएको छुँ म
खस्ने डरले हरेकपल, तर्साइ रहन्छ
आँसु हुँ कसैको आँखामा बसेको छुँ म
उ आगोले जलेका घाउहरु देखाउछ
आगो बिना कैयौं पटक जलेको छुँ म
आउ मेरो तमासा देख्न चाहनेहरु हो
खुलेआम बजारमा निस्केको छुँ म
अब जसलाई राख्न मन छ राख तिमी
तिम्रो जिन्दगी बाट आफै गएको छुँ म


127 पटक हेरिएको 









