पाँचथर । किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशनले प्रेम येक्तेनको नेतृत्वमा नयाँ समिति निर्वाचित गरेको छ।
फागुन २७,२८,२९,३० र चैत १ गतेसम्म सम्म भएको महाधिवेशनले ३४ सदस्यीय समिति निर्वाचित गरेको हो ।
समितिको ४ उपाध्यक्षमा कमल तिगेला, गोविन्द आङ्बुङ, कमला फोम्बो, चन्द्र कुमार आङ्देम्बे, महासचिवमा निरन्ती तुम्बापो, उप महासचिव, योगेन्द्र पालुङ्वा, ४ सचिवमा चक्र येक्तेन, दिल कुमारी लिम्बू, भवानी बिक्रम सङबाङफे, भीम प्र. योङहाङ् र कोषाध्यक्षमा अमर तुम्याहाङ छन । त्यस्तै
सदस्यहरुमा लक्ष्मण लाओती (पान्थर), कमिता तुम्वापो (पान्थर), सन्तोष सेरेङ (मोरङ), बिमला पालुङवा (मोरङ), सीता हुक्पा चोङबाङ (भक्तपुर),.इन्द्र कुमारी लक्सम (काठमाडौं), आइन्द्र कुमार आङ्बो (काठमाडौं), कर्ण विक्रम लिम्बू (सुनसरी),. अमृत योङ्हाङ (झापा),. चन्द्र कला सुब्बा (झापा), उतम कुमार लिङ्थेप (संखुवासभा),. चन्द्र सिं नेम्बाङ (धनकुटा), विष्णु कुमारी तुम्बापो (इलाम), राज्य प्र. लुम्फुङ्वा (तेरथुम), ठाकुर सिं लिम्बू (ताप्लेजङ), मनोहर लिम्बू (लिम्बुवान प्रदेश), जीवन प्रकश सेर्मा (लिम्बुवान प्रदेश), विवेक योेङहाङ (लिम्बुवान प्रदेश), डा. भीम सुब्बा (लिम्बुवान प्रदेश), इक्सा सङबाङ्फे नाल्बो (लिम्बुवान प्रदेश),. रेश्मा खेवाङ (नेवा ताम्सालिङ प्रदेश) र कविराज आङदेम्बे (नेवा ताम्सालिङ प्रदेश) रहेका छन् ।


196 पटक हेरिएको 









