मोरङ । सत्तारुढ एक घटक जनता समाजवादी पार्टी (जसपा) प्रदेश नम्बर १ समितिले प्रदेश नम्बर १ को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ हुनुपर्ने कुरामा जोड दिएको छ ।

सोमबार प्रदेश सभा प्रदेश नम्बर १ले प्रदेशको नामाकरणको छललफ लघि सारेपछि जसपाले आफ्नो अडान दोहोराएको हो । प्रदेश सभामा मगलबार ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विद्येक, २०७८’ बारेमा छलफल हुदैछ । भूगोल मिश्रित पहिचानको भएकाले सोही अनुसार नामाकरण गर्नुपर्ने माग गर्दै उस्ले थप अधिकार प्राप्तिका लागि संगठित र आन्दोलित हुने कार्यभार पार्टीको रहेको जनाएको छ । जसपाले २०७७ साल असोज २३ र २४ गते दमकमा सम्पन्न बैठकले प्रदेश को नाम ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ हुनुपर्ने कुरामा निर्णय गरेको थियो । साता यता प्रदेशको नाम ‘किरात प्रदेश’ र ‘लिम्बुवान–किरात’ हुनुपर्ने माग राखेर दिनहू प्रदर्शन भइरहेको छ ।


118 पटक हेरिएको 












