पथरी । नगरको पथरी बजारलाई लक्षित गरेर गरिएको विभिन्न निर्णयहरु कार्यान्वयन गर्न गराउन अनुरोध गरेका छन् ।
पथरीशनिश्चरे वडा नं. १ का जनप्रतिनिधि, इलाका प्रहरी कार्यालय/ट्राफिक प्रहरीका प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र सरोकारवाला व्यक्तिहरूको सर्वदलीय बैठकले निर्णय पारित गरी ३५ दिने सूचना पनि जारी गरिसकेको छ । पुस २० गते भित्र निर्णयहरु पारित गर्न गराउन हुन विशेष अनुरोध गरेको छ ।
विशेषत: अटो र सफारीहरुले तोकिएको स्थानमा पार्किङ गर्नुपर्ने जनाइएको छ । पार्किङ स्थलहरु यलम्बर चौक सुनाखरी चौक, अन्नपूर्ण चौक, शिखर चौक, मन्दिर लाइन र हाइवेतर्फ बस स्टेण्ड भन्दा ५० मिटर फरक पार्किङ गर्नुपर्ने जनाइएको छ ।


117 पटक हेरिएको 









