विराटनगर । आज विहिबार ११ वजे १ नम्बर प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यक्रम तय गरेको छ ।
प्रदेश १ सभामुख पदमा एकल उम्मेदवारी परेको माओवादी केन्द्रका प्रदेश सांसद बाबुराम गौतम निर्विरोध निर्वाचित हुने भएको हो । संविधानको १८२ तथा प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) को नियम ७ बमोजिम सभामुख पदमा निर्वाचन हुदैछन् । १५ हजार ७ सय ३८ मत प्राप्त गरी निर्वाचित भएका उनलाई सत्तारुढ दल एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको १ गरी ६० प्रदेश सांसदले समर्थन गरेका छन् । लिखु गाउँपालिका-८ घर भई ओखलढुंगा १ (२) बाट प्रदेशसभामा निर्वाचित ४९ वर्षीय गौतमले प्रवीणता प्रमाणपत्र तह उत्तीणर् गरेका छन् ।
आजको यस्तो छ कार्यतालिका



135 पटक हेरिएको 












