६० जना अपाङ्गता व्यक्तिहरुलाई न्यानो कपडा

पथरी । ६० जना शारीरिक रुपमा अपाङ्गता भएका ब्यक्तिहरुलाइ न्यानो कपडा वितरण गरिएको छ ।
पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ का व्यक्तिहरुलाई कपडा वितरण गरेको हो । मिलिजुली समुहको अध्यक्ष कानबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वडा नम्बर ८ का वडा अध्यक्ष नवीन कार्कीले आगामी बर्षको बजेटबाट आफुले गर्नसक्ने किसिमको सीप सिकेर स्वरोजगार बन्ने प्रकारका लक्ष्यित तालिमहरु संचालन र स्कुल पढ्दै गरेका अपाङ्गता भएका विद्यार्थीहरुलाई पठनपाठनमा वडाले सहयोग गर्ने बताएका छन । कार्यक्रममा वडा सदस्यहरू झमकबहादुर लिम्बू, बाबुराम चौधरी, शान्ता योङहाङ, शिवकुमारी बि.क., वडा सचिब तारानिधी सापकोटा, मेलमिलाप समिती संयोजक निलकण्ठ सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार