पथरी । मोरङको पथरीशनिश्चरे वडा नं २ को आयोजनामा नगरस्तरीय नकआउट खेलकुद सप्ताह सुरु भएको छ ।
शनिबार नगर प्रमुख मोहनप्रसाद तुम्वापो, ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी वेदप्रसाद गौतम र उपप्रमुख देवी माया काफ्ले लगायतका जनप्रतिनिधिहरूको उपस्थितिमा नकआउट क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको हो । नगरप्रमुख तुम्वापोले खेलकुद क्षेत्रले खेलाडीको क्षमता वृद्धि गर्दै समाज र राष्ट्रलाई महत्वपूणर् भुमिका निर्वाह गरेको बताए ।
उदघाटन खेल पथरीशनिश्चरे वडा नं ४ र ७ बीच खेलकुद सप्ताह अन्तर्गत नगरस्तरीय नकआउट क्रिकेट प्रतियोगिता सुरुवात भएको छ । दोस्रो खेल १० र ९ बीच हुने भएको छ । खेलकुद सप्ताह अन्तर्गत क्रिकेट, छेलो, चेस, फुटबल र रनिङ गरी ५ वटा विधामा प्रतिस्पर्धा हुने आयोजक वडा नं २ का वडा अध्यक्ष नैना राईले जनाए । वडा अध्यक्ष नैना राईले वडा कार्यालयको खेलकुद शिर्षकबाट २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको र अन्य आवश्यक रकम खेलप्रेमी संघ संस्थाहरुको सहयोग रकमबाट प्रतियोगिता सम्पन्न गर्ने जानकारी गराए ।


146 पटक हेरिएको 












