पथरी । मोरङको पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी, अटोलाई कारवाही स्वरुप आज पार्किङ स्थल पठाउने कार्य गरिएको छ ।
हाइवेको ७५ फिट भित्र रहेका होल्डिङ बोर्ड, ठेला गाडाहरुलाई कारवाही स्वरुप नगरपालिका परिसरमा राखिएको नगरका भौतिक पूर्वाधार संयोजक विरध्वोज शिवाले जानकारी दिए । बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रकुमार गुरुङ, वडा नं. १ वडा सदस्य पूणर् कार्की, समाजसेवी बलिदान चेम्जोङ र नगर प्रहरीको सक्रियतामा कारबाही प्रक्रिया अगाडि बढाएको हो । अझ पनि अटेर गरी जथभावी पार्किङ र ठेलाहरु राखेमा कारवाही गरिने नगरले जनाएको छ ।


100 पटक हेरिएको 












