तिम्सिना ११औं पुस्तकको तयारीमा

 142 पटक हेरिएको

थरी शनिश्चरे मोरङका दीपेन्द्रराज तिम्सिना पुस्तक लेखनमा तल्लीन छन् । खोजकर्ता तिम्सिनाको ११ औं पुस्तक यहीँ साता बजारमा ल्याउदैछन । तयारीमा रहेको पछिल्लो पुस्तक हो, `तिमिल्सिना इतिहास:  विगतदेखि वर्तमानसम्म´।

झापा, माेरङ, सुनसरी, काठमाडौ, भक्तपुर, इलाम र पाँचथर पुगेर ६ महिना खोजबिन गर्दै तयार गरेको पुस्तक २ सय ९० पेजको छ ।

तिमिल्सिनाकाे उत्पत्ति र इतिहास, पाेखराकाे बिकासकाे अगुवा मुक्तिनाथ तिमिल्सिना, पुष्पलाल श्रेष्ठलाई पुष्पलाल बनाउने वलराम उपाध्याय, तिमिल्सिना साषदहरु राष्ट्रिय सभा अध्यक्ष सहित (११ जना),अछाम जिल्ला एकिकरणका अगुवा देवानन्द तिमिल्सिना, पुर्व प्रधानन्यायाधीश स्व. केशबप्रसाद उपाध्याय तिमिल्सिना, नेपाल राष्ट्र बैककाे डेपुटी गभर्नर निलम ढुङगाना तिम्सिना, प्रमुख/सहायक जिल्ला अधिकारी हुने तिमिल्सिनाहरु, पञ्चायत र जनयुद्धमा मारिएका तिमिल्सिनाहरु, जनयुद्धमा बेपत्ता तिमिल्सिनाहरु, भुकम्पमा निधन हुने तिमिल्सिनाहरु, विद्यावारिधि गर्ने तिमिल्सिनाहरु, गिनिज बुकमा नाम लेखाउने तिमिल्सिनाहरु, चर्चित कलाकार, पत्रकार, साहित्यकार तिमिल्सिनाहरु, चर्चित पत्रिका फाेर्सकाे सुचिमा परेका किरण तिमिल्सिना बिषय समबेश गरिएको छ।

त्यस्तै पञ्चायत काल र वर्तमान तिमिल्सिना जनप्रतिनिधिहरु, भुकम्पविद चिन्तन तिम्सिना, पुर्व रजिस्टार डा. रामकृष्ण तिमिल्सिना, अन्तर्राष्ट्रिय कृषि बैज्ञानिक डा. जगदीश तिम्सिना, काेराेनामा पहिलोपटक निधन हुने सावित्री तिमिल्सिना, अन्तर्राष्ट्रिय संस्था जेसीज खाेल्ने तिमिल्सिनाहरु, नन्दप्रसाद तिमिल्सिना (पहिलो ब्राह्मण समुदायको भिक्षु ), चर्चित देउडाविज्ञ नन्दकृष्ण जाेशि (तिमिल्सिना), पहिलो प्राज्ञ परिषद सदस्य यज्ञराज उपाध्याय (तिमिल्सिना), मदन पुरस्कार बिजेता रामलाल जाेशि तिमिल्सिना, ११६ बर्षिय कमला उपाध्याय तिमिल्सिनाकाे संघर्षको कथा, भारतीय राष्ट्रपतिबाट सम्मानित :- अरुणा तिमिल्सिना, हमास युद्धग्रस्त क्षेत्रमा पहिलो नेपाली फाेटाे पत्रकार प्रकाशचन्द्र तिमिल्सेना, अटाे चालक चर्चित समाजसेवी केदारप्रसाद तिमिल्सिना, तिमिल्सिना समाज, यसले गरेका कार्यहरु, कार्यसमिति, नेपाल राष्ट्र बैंकको निर्देशक हुने डा. सत्येन्द्र तिमिल्सिनालगायत ६० बिषय सूची समेटिएको छ । खोजकर्ता लेखक तिम्सिनाले २०६८ सालमा पहिलो पुस्तक सार्वजनिक गरेका थिए ।

भुटानभित्र हुदा भएको दमन, हत्या काण्ड पनि किताबमा लेखिएको छ ।´

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार