बालिका हत्या प्रकरण: घटनाको चार घन्टापछि चौधरी पक्राउ

पथरी । मोरङको  पथरी शनिश्चरे ७ लामाटोलमा आफन्तको बसेर अध्ययन गरिरहेकी वर्ष १५ की ज्ञानमति थुलुङ राईको हत्याको आरोपमा धिरेन खाँ चौधरीलाई पक्राउ गरिएको छ ।

बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकामा बस्ने गरेको  चौधरी बिगत ३ महिना यता ग्रामथान स्थित घरमा नआएको  निजको पारिवारीक श्रोतबाट बुझिएको प्रहरीको भनाइ छ । पूर्वपश्चिम राजमार्गमा पर्ने भाउन्ने(बेलबारी)को जंगलबाट प्रहरीको बिशेष अनुसन्धान टोलीले निज प्रतिवादी चौधरीलाई नियन्त्रणमा लिएको थियो । पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ । फागुन २१ गते राती अन्दाजी १०:१७ बजेको समयमा दाजु बिनोद राईको घरमा बस्ने सन्जना भन्ने राईको ट्वाईलेट जाने क्रममा धारिलो हतियार प्रहार गरी घटना स्थलमा नै मृत्यु भएको थियो । दाजु बिनोदले ऐया, गड्याङगुडुङको आवाज सुनेको बाहिर गई हेर्दा निज मृतक ढलिरहेको अबस्थामा देखेका थिए ।

घटना लगत्तै अनुसन्धानको लागि ईलाका प्रहरी कर्यालय पथरीबाट टोली परिचालन गरिएको थियो । घटनाको थप अनुसन्धानको लागि रातको ११.०० बजे जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको कमाण्डमा टोली घटना स्थलमा पुगेको थियो । नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत परिचालन गरिएको थियो । खोटाङ ऐंसेलुखर्क गाउपालिका वडा नं. ६ सल्ले स्थायी ठेगाना रहेकोे राईको हाल   पञ्चायत मा.बि. पथरी शनिश्चरे १ मा कक्षा सातमा अध्ययनरत थिइन् ।
प्रहरीको अनुसन्धानबाट निज मृतक केही समय अगाडीदेखि एक जना पुरुष मानिसको प्रेममा रहेकी थिइन् । एक पटक घरबाट भागेको बेला निजलाई रानी नाका हुँदै जोगवनी तर्फ जाने क्रममा मानब बेचबिखन बिरुद्ध सकृय एक गैरसरकारी संस्थाले फेला पारी उद्दार गरी परिवारको जिम्मा लगाएको बताइएको छ । परिवारको जिम्मा लगाएपछि समेत निजहरु सम्पर्क रहेको प्रहरीको भनाइ छ।
मृतक बालिकाको नाममा फेसबुक, इन्स्ट्राग्राम, इमो लगायतका सामाजिक संजालामा आफ्नै एकाउन्ट खोली चलाउथे । परिवारका सदस्यलाई दु:ख दिने आसयले धिरेन कुमार खाँ चौधरीले फेसबुक म्यासेजमा बिभिन्न फोटोहरु पठाउने लगायतको कार्य गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । प्रहरीले अनुसन्धान गर्ने क्रममा मृतक लाश भएदेखि पुर्ब तर्फ रहेको तरकारी रोप्न तयार गरेको बारीमा मानिसको फुट प्रिन्टहरू लगायतका दशिहरुवाट निजले घटनास्थलमा गई घटना घटाई फरार भएको थियो । निजसँग सम्बन्धित अन्य बिषयमा बिस्तृत अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज कार्कीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार