अस्थायी प्रहरी चौकी कीर्तिपुरको लागि तीन कट्ठा जग्गा उपलब्ध

कीर्तिपुर । मोरङ्को पथरी शनिश्चरे नगरपालिका वडा न. ७ कीर्तिपुरमा स्थापना गरिएको अस्थायी प्रहरी चौकीलाई तीन कठ्ठा जग्गा उपलब्ध गराउने भएको छ ।

प्रहरी कार्यालयको लागि स्थानीय ३ जनाले सोमबार जग्गा दान गर्ने घोषणा गरेका हुन् । स्थानीय नरेन्द्र थापाले १ कठठा, चन्द्रकुमार केसीले १ कठठा र पथरी शनिश्चरे वडा १ का देव श्रेष्ठ १ कठठा गरि जम्मा ३ कठठा जग्गा दान गर्ने घोषणा गरेका हुन । नगरप्रमुख मोहन तुम्वापो र इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश बहादुर श्रेष्ठको उपस्थितीमा जग्गा दिने प्रतिवद्धता जनाएको थिए । वडा न. ४ का वडा अध्यक्ष लोक किरण न्यौपानेले चैत्र भित्रमा चौकीको स्वामित्वमा ल्याएर स्थायी प्रहरी कार्यालय बनाउन पहल गरिने बताए ।

अस्थायी प्रहरी चौकी कीर्तिपुरको कार्यालय पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापो र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले उद्घाटन गरेका थिए । अस्थायी प्रहरी पोष्ट कीर्तिपुरमा असई रामदेब मेहताको नेतृत्वसहित ५ जना प्रहरी रहेका छन् । अहिले पोष्टको कार्यालय २०७८ साल फागुन २१ गते उद्घाटन भएको कीर्तिपुर सामुदायिक भवनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार