नागरिकता पाएपछि वडा अध्यक्ष कार्कीसंग मङसिरी ।
मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिकाकी ७१ वर्षीया मङ्सिरी राईले नागरिकता प्राप्त गरेकी छिन् ।
श्रीमान् निधन भएको धेरै समय बितिसक्दा पनि नागरिकता नभएको कारण सामाजिक सुरक्षा भत्ता पाउन सकेकी थिइनन् ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नवीन कार्कीको पहलमा विभिन्न कार्यालयको समन्वयमा आज जिल्ला प्रशासन कार्यालय मोरङबाट उनले नेपाली नागरिकता पाउन सफल भइन् । ०५-०१-८१-०१८३५ नम्बरको नागरिकता प्राप्त गरेकी मङसिरी मकालु ८ संखुवासभामा २०१० साल मसिर २८ गते जन्मे की थिइन्।




87 पटक हेरिएको 








