‘जमर्को’ साप्ताहिक पत्रिकाको उदाहरणीय कार्यक्रम

उर्लाबारी । जमर्को साप्ताहिक पथरी शनिश्चरे मोरङले आइतबार बाह्रौं वार्षिकोत्सव मनाएको छ ।

नमुना बालगृह उर्लावारीका ६८ जना बालबालिकाहरूलाई बिहानको खाना खुवाएर वार्षिकोत्सव मनाएको हो। खाना खर्चको रुपमा नगद १५ हजार रुपैयाँ सहयोग गरेको हो । पत्रिकाका अध्यक्ष तथा प्रकाशक मोहन भट्टराईले संस्थाकी संरक्षक मिना बराललाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । पत्रिकाबाट भएको आम्दानीबाट सामाजिक दायित्वको रुपमा सहयोग गरेको प्रकाशक भट्टराईले बताए ।
बालगृहका संरक्षक मिना बरालले मानव जीवनमा सबैभन्दा पहिला खाना, नाना र छाना चाहिने भएकोले सहयोगी पत्रिकालाई धन्यबाद दिइन ।प्रमुख अतिथि समेत रहेकी मिना बरालले सबैको सहयोगले अहिले १ सय ४० जना बालबालिकाहरूलाई आफूले हुर्काई बढाई गर्न सफल भएको र आगामी दिनमा पनि सहयोगी महानुभावहरुलाई हरेक कार्यक्रमहरू यही आएर मनाउन आग्रह गरिन्। कार्यक्रममा पत्रकार जगन्नाथ भटराईले निरन्तर रुपमा प्रकाशित भईरहेको जमर्को पत्रिकाल यो  कार्यक्रम गरेर प्रेरणा दिने काम गरेकोमा धन्यवाद दिएका छन् । को विषम परिस्थितिमा जमर्को गरेको उदाहरणीय कार्यकम अरुले पनि अनुकरण गर्नपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार