प्राचिन काल वा सावा येत्हाङ् कालमा सावा येत्हाङ मध्ये पाजोइबा तेन्तुम्याङले बिबाह गर्न भनेर पूर्वतिर गई लाधोतिमालाई बिबाह प्रस्ताब राखे तर उनको घर नभएकोले अस्विकार गरिन । त्यस्तै पश्चिमतिर गएर नामइक्वामालाई प्रस्ताव राखिन उनीले पनि अस्विकार गरिन् । तल तेमेनतिर आन्धासो ताखोहाङ कि छोरी लुप्लिसो अदन्नहाङमासगँ पनि बिबाह प्रस्ताब राखे । उनले पनि कसका छोरा, घर भएको नभएको भनेर प्रश्न गरिन् । त्यसैले अब पाजोइबा घर बनाउन भनेर दुम्सी, मुसा, मुष्टेचरी र किराफट्याङग्रालाई सोध्न थाले तर सुँगुरले आफ्नो गुडँ बनाउँदै गरेको दे सुँगुरले जस्तै आफ्नो घर बनाएर अदन्नहाङमालाई बिहे गरे । बिबाहमा भोज खाए । भोजले नपुगेकाहरू रिसाए । एक अर्कामा गालीश्राप गर्दै बसे । पाजोइबा र अदन्नहाङमा भने खेती गर्न थाले । अदन्नहाङमा गर्भवती भइन पछि उनले सन्तान जन्माइन । पाजोइबाको चेली इरेरे इधुक्नामा नामकी थिइन ।
उनलाई नानी हेर्न लगाई पाजोइबा र अदन्नहाङमा मेला जान थाल्यो खेतबारीमा । मध्यान्नमा लुप्लिसो अदन्नहाङमाको दुध गाँजिएर आउँदा आफना बच्चालाई दुध पिलाउन घरमा आइन । घरमा भने अस्ति बिबाहमा भात, मासु र जाँडले नपुगेका इधुक्नामाका साथीहरूले इधुक्नामालाई उकासेको कुरालाई नबुझी आफ्ना भदा भदाईनीहरूलाई बाबु आमा बेगरका बच्चाहरू मूल खाँम्बामा राखेर मासु काटेर खानु पर्ने बच्चाहरू भन्दै गीत गाँउदै खुट्टाले कोक्रो हल्लाउन लागिरहेका थिइन । यसरी आफ्नो नन्दले आफ्नो बच्चालाई गाली गर्दै गीत गाएको देखी अदन्नहाङमालाई सारै चित्त दुख्यो र आफ्नो बच्चालाई काखमा लिई अध्यारो भएर बसिरहेका थिईन । बेलुकी पख उनका श्रीमान घर आई पुगे मध्यरातमा पाजोइबाले किन कालो मुख लगाएको भनि सोध्दा चेलीले बच्चालाई गाली गरेको बेलिबिस्तार सुनाइन । पाजोइबाले बहिनिलाई मार्छु भनेर तातियो तर अदन्नहाङमाले यसो गर्नु हुदैन, माथि ठुलाबडा लाई सोध्नु पर्छ भनेकीले ठुलाबडालाई सोध्न लागे । त्यस बेला ठुलाबडा भनेका चराहरू पनि थिए । पाजोइबाले मुष्टे चरालाई आफ्नो बहिनीले बच्चालाई गाली गरेको कुरा सुनाए तर उक्त चराले केही पनि भनेन पाजोइबाले उसलाई काट्दा उसको पुच्छार मात्र छिनाई दिए त्यसैले मुष्टे चराको पुच्छर काटिएको जस्तो देखिन्छ । त्यस्तै उल्लु चरा पनि ठुलो बिजुवा मानिन्थ्यो । उसलाई पनि पाजोइबाले सोध्यो उ पनि केही बोलेन । पाजोइबाले उसको पनि घाँटी छिनाई दियो तर उल्लु चराले आफ्नो शक्ति जगाई बिरालोको टाउको गाँसेर भाग्यो । त्यसैले उल्लु चराको टाउँको बिरालोको जस्तो छ र बिरालोको टाउँको टाँसेको हुनाले उसको टाउँको चारैतिर वरिपरि घुमाउँछ । त्यस पछि पाजोइबा ठुलाबडा मानिसहरू कहाँ पुगेर आफ्नो समस्या राख्यो ।
उनीहरूले नराम्रा मानिने प्रेतआत्मा बसेका फूलहरू बटुलेर ल्याई बहिनीको स्तन/दुधमा खिलिने गरि हान्नु भनि सल्लाह दिए । पाजोइबाले पनि त्यसै गरि बहिनी इधुक्नामालाई प्रेतआत्माले बास गरेका फुलले हाने अन्तमा केही दिन बिरामी परेर इरेरे इधुक्नामा परलोक भइन् । (यसरी लिम्बू याक्थुङ समुदायमामा चेली माइती बिच फुल दिनु लिनु र टिकाटालो लगाउन नहुने मृत्यु हुने आख्यान रहिआएको छ । त्यसै तिहारमा भाईटिका याक्थुङ् लिम्बू समुदायमा बर्जित रहेको मुन्धुम विज्ञहरूको भनाई रहेको पाइन्छ) ।
यसरी दाजु पाजोइबाले बहिनी इरेरे इधुक्नामालाई मारेको खबर चुइयाँ चरीले उनीहरूको बुबा सोधुङ्गेन लेम्मुहाङ सोधुङ्गेन लेम्मुहाङ तेम्बेमा गई सोधुङ्गेन लेप्मुहाङलाई सुनाए । सोधुङगेन लेम्मुहाङ रिसाई उनका छोरा पाजोइबालाई खुट्टा दुई तिर सल्लाको रूख नुहाएर उसको खुट्टा सल्लाको टुप्पामा बाँधेर फटाएर मारी दिए । बुहारीलाई पनि घरको मुल खम्बा सँघार र सिकुवामा पछारेर मारेर सिमसारमा गाडिदिए । सिमसारमा गाडिएको अदन्नहाङमा पछि थाम्मेक्जम्मा भन्ने प्रेत बन्ने ससुराबाट आशिर्वाद पाइन । यस पछि लेम्मुहाङले नातिलाई घरको सिकुवामा पछारे मुल खम्बा (मुरूम सित्लाङ्) मा लगेर पछारेर मारे तर केही बेर पछि लेम्मुहाङलाई उक्त बालक त निर्दोष भएको उनलाई पनि मारियो यो गलत कार्य गरियो भनि सोधुङ्गेन लेम्मुहाङलाई चेत आयो । र फर्केर आएर उनका नातिलाई पनि उही सोधुङ्गेन लेम्मुहाङ बाजेबाट घर घृहस्थीलाई बज्र वा चट्टयाङ छेक्ने सेअलुङ्ग अक्वामा/अक्वानामा देव हुने वरदान वा आशिर्वाद दिए । यसरी पाजोइबा तेन्दुम्याहाङको पुत्रको असल आत्मा मानव जातिको घर घृहस्थीमा सेरीलराङ्ग (चट्याङ्ग) थाम्ने से?अक्लुङ्ग अक्वामा/अक्वानामा साम्माङ हो, भन्ने बुढापाकाहरूको आख्यान रहिआएको पाइन्छ…।।।
( लेखक अर्जुनबाबु माबुहाङको लिम्बु देवनागरिक लिपिमा लेखिएको पुस्तक ‘लिम्बु जातिको मुन्धुम र इतिहास’बाट अनुवाद गरिएको हो। )