थोक फेल्लाको  अनुकरणीय कार्य

सिरिजङ्गा चोक । थोक फेल्ला सेवा समाज(पथरी शनिश्चरे-३ मोरङ)ले शनिबार  उदाहरणीय कार्य गरेको छ ।

शनिबार बिहान करिब २ किलोमिटर क्षेत्रमा रहेको बाटो सरसफाइ गरेको हो । करिब सय सहभागिता रहेको सरसफाइमा झाडी सफाइ र झार मर्ने औषधि झर्किएका हुन् । समाजका अध्यक्ष सुन्दर लिम्बुले फाल्गुनन्द चोकदेखि थोक फेल्ला चोक आसपास सरसफाइ गरिएको र आगामी दिनमा पनि सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ  । सरसफाइ कार्यक्रममा ३ नम्बर वडाका अध्यक्ष विजय लिम्बु, वडा सदस्य चन्द्र प्रकाश चेम्जोङ, मुन्धुमी चुम्लुङ्का संरक्षक राजकुमार पालुङ्वा, अध्यक्ष मौसम नेम्बाङलगायतले सहभागिता जनाएको थियो ।

२०७८ सालमा स्थापित थोक फेल्ला समाजमा ६५ घरधुरी आबद्ध रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार