विरोध प्रदर्शनलाई ध्यान दिँदै प्रदेश राजधानीमा निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालयले प्रदेश राजधानी विराटनगरलाई निषेधित क्षेत्र तोकेको छ । प्रदेश १ प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको हो । ‘सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न विराटनगरस्थ...

जसपा र एकीकृत समाजवादीले किरात-लिम्बुवान-सगरमाथा प्रदेश प्रस्ताव दर्ता

विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) ले संयुक्त रूपमा किरात-लिम्बुवान-सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स...

सोमबारको मन्त्रिपरिषद् बैठकको निणर्य जस्ताको तेस्तै

यस्तो छ नौं निणर्य काठमाडौँ । सरकारले फागुन १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निणर्य आज सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्का निणर्यहरु सार्वजनिक गरेकी हुन् ।...

बन्ध्याकरणको अनुगमन

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका स्वास्थ्य चौकी हसन्दहमा परिवार नियोजनको स्थायी/अस्थायी बन्ध्याकरणको अनुगमन गरिएको छ । नगर प्रमुख मोहन तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, स्वास्थ्य संयोजक मुरारी आचार्य र सह-संयोजक जगत मगरले लगायतले अनुगमन गरेका हुन् । स्वास्थ्य चौकीमा हाल पुरुषको भेसक्टोमी र महि...

जसपाको प्रदेश अध्यक्षमा याक्खा

इटहरी । जनता समाजवादी पार्टी नेपाल(जसपा)को प्रदेश-१ को अध्यक्षमा दीपक याक्खा चयन भएका छन् । प्रदेश कार्यालय इटहरीमा मंगलबार बसेको प्रदेश समितिको पूणर् बैठकबाट उनलाई अध्यक्ष चयन गरिएको हो । उनले यस अघि समितिको उपाध्यक्ष रहेर कार्य गरेका थिए । प्रदेश अध्यक्ष प्रविन चाम्लिङले पार्टी परित्याग गरेपछि अध्यक्ष पद रित्त थियो...

खेलकुदका माध्यमबाट देशहरुमा राजनीतिक, कूटनीतिक र भाइचारा सम्बन्धको विकास हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल क्षेत्रलाई सबल बनाउन सके समाजमा अनुशासन, मर्यादा र संस्कृति स्थापित गर्न सकिने बताएका छन् । मंगलबार ललितपुरको च्यासल रङ्गशाला उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रमा बजेट बढाउने घोषणा पनि गरे । प्र...

सरस्वती र बुढानिकण्ठ विजयी हुँदै सेमिफानलमा प्रवेश

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सरस्वती स्कूल र बुढानिलकण्ठ स्कूल विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठ स्कलले बाल्मिकी स्कूललाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । बुढानिलकण्ठले ३ खेलमा २ ...

एभरेष्टको ३७ औं वार्षिकोत्सब

पथरी । एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुल पथरी शनिश्चरे मोरङले सोमबार ३७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ भव्य रुपमा मनाएको छ । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले एभरेष्ट स्कुलले नगरपालिकालाई चिनाउन मद्दत गर्दै आएको बताए । संस्थागत विद्यालयहरू मध्ये जेठो एभरेष्ट रहेको र यहाँ...

दुर्घटनामा मृत्यु भएका दुईजना पुरुषको पहिचान हुन सकेन

बुढीगंगा । मोटरसाईकल दुर्घटनामा मृत्यु भएको दुईजनाको शव पहिचान हुन नसकेपछि जिल्ला प्रहरीले कोशी अस्पतालको शव गृहमा राखेको छ । सोमबार विहान ९ बजे मोरङको बुढीगंगा गाउँपालिका-४ स्थित दक्षिणबाट उत्तर जाने क्रममा बा ६३ प ४२७ नम्बरको मोटरसाईकल अनियन्त्रीत भई बिजुलीको पोलमा ठक्कर हुदा सक्त घाइते भएको थियो । मोटर साईकलमा सवार...

सत्यनारायण र पोखरियालाई सफलता

विराटनगर । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर-६ ज्वाला क्रिकेट मैदानमा सोमबार भएको अन्तर स्कूल हव लिग क्रिकेट प्रतियोगितामा सत्यनारायण स्कूल र पोखरिया स्कूल विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कूलले विनायक स्कूललाई १ सय ६२ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सत्यनारायणले समुह ए ...