आम हड्तालको पूर्वसध्यामा कोशी प्रदेशको प्रमुख सहरहरुमा राँके जुलस प्रदर्शन

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै शनिबार राति कोशी प्रदेशको प्रमुख सहरहरुमा राँके जुलुस निकालेको छ । ताप्लेजुङको फुङलिङ, पाँचथरको फिदिम, इलामको इलामबजार, झापाको विर्तामाड, दमक, भद्रपुर, मोरङको प्रदेश राजधानी विराटनगर उर्लाबारी, पथरी, लेटाङ र बेलबारी, सुनसरीको इटह...

पाँच सय बढीको प्रदेशस्तरीय आन्दोलन समिति गठन

मोरङ । किरात राई यायोक्खा १ नं. प्रदेश कार्य समितिको समन्वयमा सुनसरी इटहरी स्थित तायारिप्चि भवनमा भएको भेलाले पारस राईको संयोजकत्वमा ५०१ सदस्यीय प्रदेश नं. १ को पुनः नामकरण आन्दोलन जनपरिचालन समिति गठन गठन गरेको छ । शुक्रबार भएको भेलाले राम माण्डुपा राईको संयोजकत्वमा प्रचार प्रसार र कोषाध्यक्ष उत्तम राईको संयोजकत्वमा ...

जिल्लास्तरीय पुनःनामाङकन संघर्ष समिति गठन

दमक(झापा) । पहिचानवादी राजनैतिक दलका कार्यकर्ता र विभिन्न जातीय संस्थाका अगुवाहरुको शुक्रवार विर्तामोडमा भएको भेलाले प्रदेश न.ं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति गठन गरेको छ । फागुन १७ गते प्रदेश न.ं १ को नाम कोशी प्रदेश भनि गरेको नामाकरणलाई अस्वीकार गर्ने घोषणा गर्दै आएका आन्दोलनका घटकहरुको सहभागितामा जिल्लास्तर...

किरात,लिम्बुवान,सगरमाथा नामाकरण पक्षधर पाँच प्रदेश सभा सदस्य सम्मानित

ललितपुर । किरात याक्थुङ चुम्लुङ संघीय समितिले प्रदेश सभामा किरात,लिम्बुवान,सगरमाथा नामाकरण दर्ता गरेका ५ जना प्रदेश सभा सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ । शुक्रबार कोशी प्रदेशका प्रदेश सभा सदस्यहरु राजेन्द्र कुमार राई, निर्मला लिम्बू, कमल प्रसाद जबेगु, खिन लङ्वा र बिद्या चाम्लिङ्लाई खदा ओढाएर धन्यवाद, बधाई तथा शुभका...

माङसेबुङ गाउँपालिका र वडा कार्यालयमा तालाबन्दी

माङसेबुङ (इलाम)। प्रदेश सभाले फागुन १७ गते कोशी प्रदेशको नामाकरण गरेसँगै त्यसको विरुद्धमा जनलहर बढ्दो छ । प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै तत्कालीन ‘लिम्बुवान किरात’ संयुक्त संघर्ष समितिले सुरु गरेको आन्दोलन स्थानीयस्तरमा केन्द्रित हुन थालेको हो । प्रदर्शनकारीले शुक्रबार इलामको माङसेबुङ गाउँप...

मोरङ इक्युवालिटि कपको समूह विजेता

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको तेस्रोे दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई १० विकेटले पराजित गरि लिगको तीनै खेलमा जित हात पार्दै समुह विजेता बनेक...

जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल(जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । जसपाको केन्द्रीय कार्यकारिणी समितिको विहीबार बसेको बैठकले सो निर्णय गरेको हो । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार जसपाले उम्मेदवार छानेको हो ।...

थप १० सुकुम्बासीले धनीपुर्जा पाए

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा दोस्रो पटक सुकुम्बासीहरुलाई विहीबार जग्गा धनीपुर्जा वितरण गरिएको छ । वडा नम्बर ८ मा राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङबाट प्राप्त भएको १० वटा जग्गा धनीपुर्जा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले वितरण गरे । आसीराम लिम्बु, खड्गबहादुर भुजेल, राजकुमार चौधरी, चेतनाथ काफ्ले, कृष्ण का...

मोरङ र सिरहा इक्युवालिटि कपको फाइनलमा प्रवेश

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको खेलमा विजयी हुँदै मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगरमा भएको पहिलो खेलमा कोशी प्रदेशको मोरङले मदेश प्रदेशको सप्तरीलाई ५४ रन अन्तरले पराजित गरि लगातार २ खेल जित्दै फाइनलको यात्रा तय गरेको छ । टस ज...

प्रदेशव्यापी आम हड्ताललगायत कार्यक्रम सार्वजनिक

पथरी । प्रदेश नं. १ पुनः नामाकरण संघर्ष संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै फागुन २८ गते प्रदेशव्यापी आम हड्ताल निर्णय गरेको छ । समितिले फागुन २५ र २६ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, कोणसभाहरु गर्ने लगायत कार्यक्रम गर्ने र फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस र चैत्र ५ गते विराटनगरमा बृहत जनप्रदर्शन...