खाजा खर्च कटाएर भागीरथ माविका विद्यार्थीले बाढीपीडितलाई सहयोग

शनिश्चरे (पथरी, मोरङ)। भागीरथ माध्यमिक विद्यालय पथरी शनिश्चरे–४, मोरङमा गठित नेपाल युवा रेडक्रस सर्कलको नेतृत्वमा विद्यार्थीहरूले रसुवा, धादिङ र नुवाकोटका बाढीपीडितका लागि रु. १३ हजार ६ सय ४५ सहयोग गरेका छन् । विद्यार्थीहरूले आफ्नो ससाना व्यक्तिगत खाजा खर्चबाट रकम सङ्कलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्...

संचालनमा आयो, तिम्मा सायाचुङ खाजा घर

पथरी । हरियाली सामुदायिक वन समूह पथरी शनिश्चरे-२ परिसरमा नेपाल आकृतिको पोखरी नजिकै ‘तिम्मा सायाचुङ खाजा घर’ सोमबारदेखि सञ्चालनमा आएको छ। स्थानीय व्यवसायी सञ्जय राई र अस्मिता राईले सञ्चालनमा ल्याएको खाजा घरको स्थानीय  समाजसेवी बाबुराम राई र पत्रकार अर्जुन जम्नेली राईले रिबन काटेर उद्घाटन गरेका छन् । खाजा घरमा अन्य...

आग्रगामी मोर्चा प्रदेश समन्वय समिति गठन

पथरी । सुनसरीको इटहरीमा आग्रगामी मोर्चाले कोशी प्रदेशस्तरीय समन्वय समिति गठन गरेको छ। सोमबार आयोजित कार्यक्रमबाट प्रदेश नं. १ (कोशी प्रदेश) का लागि १५ सदस्यीय प्रदेश समन्वय समिति घोषणा गरिएको हो। रणेन्द्र थिमहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य ...

तीन थान भरुवा बन्दुकसहित हतियारजन्य सामग्री बरामद

मिक्लाजुङ । प्रहरीले वेवारिसे अवस्थामा लुकाइछिपाइ राखिएका तीन थान भरुवा बन्दुकसहित विभिन्न सामग्री बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार २०८३ भदौ १४ गते साँझ करिब ५ः३० बजे मोरङको मिक्लाजुङ गाउँपालिका–६, लालमारी श्रीलङ्का टोलबाट ती सामाग्री बरामद गरिएको हो । भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने सामग्री...

विज्ञापन कटौतीको निर्णय फिर्ता गर: प्रेस चौतारी

पथरी । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा भदौ ५ गते स्वीकृत ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनबापतको रकममा आधा कटौती गरिएको विषयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यान...

येले मेला परिसरमा रोटेपिङ!

सिरिजङ्गा चोक(पथरी) । मोरङ्को पथरी शनिश्चरे-३ स्थित येले मेला परिसरमा रोटेपिङ बनिदैछ । मुन्धुममी मा चुम्लुङ्ले काठको  रोटेपिङ बनाउन लागेको हो ।आइतबार रोटेपिङ्को लागि श्रमदानमार्फत खम्बा गाडिएको र खम्बा राम्रोसँग सेट भएपछि पिङ्को अन्य सामाग्री जोडिने चुम्लुङ्ले जनाएको छ । रोटेपिङ्को लागि हरियाली सामुदायिक बनले ७० क्य...

मनोवल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन अनुरोध समेत गर्दछौं: प्रधानमन्त्री बालेन शाह

रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठूलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ। बाढी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ। संघ...

पञ्चायत अध्यक्षमा बाछना निर्वाचित

पथरी ।  पञ्चायत माध्यमिक विद्यालय पथरी शनिश्चरेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डम्बर बाछना राई निर्वाचित भएका छन् । भदौ ११ गते भएको अभिभावकहरूको भेलाले सदस्यहरूमा भदृका मोक्तान, चन्द्रकला ओझा र भुपेन्द्रराज तिम्सिना निर्वाचित भएका हुन् । विद्यालयको शिक्षक–अभिभावक संघको अध्यक्षमा कृष्णप्रसाद तिम्सिना निर्वाच...

रामजानकी आधारभूत विद्यालयको अभिभावक भेला

हसन्दह । रामजानकी आधारभूत विद्यालय, पथरी शनिश्चरे–६ भातेगौँडा मोरङको विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शुक्रबार भएको अभिभावक भेलाले विद्यालय व्यवस्थापन समिति र  शिक्षक अभिभावक संघ गठन गरिएको हो । समितिको अध्यक्षमा सुरेश लिम्बू, सदस्यहरुमा लिलावती यादव, सुनिता मगर र मञ्जु यादव रहेका छन् । गठित शिक्षक अभिभावक स...

विजयपुर दरबारको वार्ता पनि निष्कर्षविहीन

धरान उपमहानगरपालिकाको पहलमा २०८३ भदाै ४ गते विजयपुर दरबार परिसरसम्बन्धी विवादबारे सरोकारवाला पक्षहरूबीच छलफल सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाले गठन गरेको विजयपुर क्षेत्र अध्ययन समितिको निर्णयअनुसार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समिति, किरात याक्थुङ चुम्लुङ(कियाछु), किरात राई यायोख्खा(किराया) तथा नेपाल आदिवा...