पथरी शनिश्चरेका २ सहित ७ जना पक्राउ

पथरी । झापा, मोरङ, सुनसरी र धनकुटाबाट लागू औषध सहित ७ जनालाई पक्राउ गरिएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० आदर्श टोलस्थितबाट इलाका प्रहरी कार्यालय पथरीले पथरीशनिश्चरे–१ का २७ वर्षीय मिका खत्री र सोही नगरपालिका–१ की २७ वर्षीया बन्दना माखिमलाई ट्रामाडोल १९ क्याप्सुल, डाइसाइक्लोमिन- २८ ट्याब्लेट र नगद १३ हजार ७७५ ...

निर्वाचनद्वारा सिर्जना बाल क्लबको नयाँ नेतृत्व चयन

पथरी । चन्द्रकिरातेश्वर माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ मोरङमा निर्वाचन प्रक्रियाद्वारा बाल क्लबको समिति निर्वाचित गरिएको छ । शुक्रबार चन्द्रकिरातेश्वर बिद्यालय मातहतमा रहेको सिर्जना बाल क्लबको निर्वाचन भएको हो । सृष्टिका नेपाललाई पराजित गर्दै समितिको अध्यक्षमा अनुषा लिवाङ निर्वाचित भइन् । तीन प्रतिस्पर्धीलाई पछि ...

जबर्जस्ती करणीको आरोपपछि ५ जना पक्राउ

रङ्गेली(मोरङ) । मोरङ प्रहरीले एक किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा साउन १० गते पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते बिहान करिब ९ बजे मोरङको सुनवर्षी नगरपालिकाकी एक किशोरीलाई बलात्कार गरेको बताइएको छ । रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले रंगेली नगरपालिका–७ स्थित ए...

खैरो हिरोइनसहित कानेपोखरीबाट एक पक्राउ

कानेपोखरी(मोरङ)। खैरो हिरोइनसहित कानेपोखरीबाट एक युवा पक्राउ परेका छन् । साउन ९ अन्दाजी २२:३० बजेको समयमा कानेपोखरी गाउँपालिका वडा नं. २ देउलिया खोलाबाट रणध्वज राई पक्राउ परेका हुन् । २९ वर्षीय उनी मोरङ बेलबारी नगरपालिका वडा नं. ११ का बासिन्दा हुन् । रंगेलीबाट कानेपोखरीतर्फ आँउदै गरेको प्र.१-०२-०४४ प.११८ नम्बरको मोट...

केचनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु

केचना(सुनवर्षी) । मोरङ्को सुनवर्षी १ केचनामा विषालु सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे घरमा काम गर्ने क्रममा करिब ६५ वर्षिय भिम राईलाई खुट्टामा सर्पले टोकेको थियो । उनलाई उपचारका लागि दमक रेडक्रस लैजाने क्रममा बाटोमै मृत्यु भएको बताइएको छ ।...

डेंगु नियन्त्रणका लागि अनुगमन

पथरी । किटजन्य रोग (डेंगु) नियन्त्रण तथा उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै कवाडी तथा टायर पसलहरूको विशेष अनुगमन गरेको छ । पथरी शनिश्चरे नगरपालिकाले सञ्चालन गरेको डेंगु नियन्त्रण अभियान अन्तर्गत आज कवाडी तथा टायर पसलहरूको निरीक्षण गरी पानी जम्न सक्ने सम्भावित स्थानहरूको अवलोकन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायील...

फरार रहेका गाडी र चालक प्रहरी नियन्त्रणमा

पथरी  । कानेपोखरीमा पैदल यात्रीलाई ठ’क्क’र दिएर फरार रहेका गाडी र त्यसका चालकलाई प्रहरीले नि’य’न्त्र’णमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन ३ गते कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा पैदल यात्रीलाई ठ’क्क’र दिएर फरार रहेको बा २ झ २२२६ नम्बरको इसुजु गाडी र त्यसका चालक प’क्रा’उ परेका हुन् ...

४ सय नेता कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश 

बेलबारी(मोरङ) । मोरङको बेलबारी मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सयौँ नेता तथा कार्यकर्ताले पार्टी छोडेका छन। उनीहरूले पार्टीको पछिल्लो राजनीतिक कार्यशैली, संगठन सञ्चालनको तरिका तथा नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । बेलबारी ११ मा आयोजित एक कार्यक्रमका बिच नव प्र...

श्रम संस्कृति पार्टीद्वारा बेलबारी नगर प्रमुखमा पर्वत खालिङ राई सिफारिस 

बेलबारी(मोरङ) । श्रम संस्कृति पार्टी बेलबारी नगर कार्यसमितिले आगामी हुने स्थानीय तह निर्वाचनको निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ  । पार्टीले बेलबारी नगरपालिकाका नगर प्रमुख (मेयर) पदमा पर्वत खालिङ राईलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।नगर कार्यसमितिको २०८३ जेठ २८ गते बसेको विस्तारित तथा सामूहिक बैठ...

कानेपोखरी गाउँपालिकाको बजेट कति?  

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । पालिकाले बजेटको स्रोत परिचालनबारे विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । हिजो २१औँ गाउँसभाबाट पारित बजेटबारे सञ्चारकर्मीहरूलाई औपचारिक रूपमा जानकारी गर...