महिला प्रजनन स्वास्थ्य सम्वन्धी निःशुल्क शिविर सुरु, शिविरबाट लाभ लिन नगर प्रमुख तुम्बापोको आग्रह

मङ्गलबारे(हसन्दह)। प्रजनन स्वास्थ्य सम्बन्धी आङ खस्ने, पाठघरको मुखको क्यान्सर, स्तन क्यान्सर, प्रसब फिस्टुला तथा नि:सन्तान सम्बन्धी एकीकृत व्यवस्थापनका लागि स्वास्थ्य शिविर सुरु भएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र(मङ्गलबारे)मा आजदेखि सुरु भएको शिविर पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले उदघाटन गर...

माचमा आगलागी

हसन्दह। मोरङ्को पथरी शनिश्चरे ५ मा आगलागी भएको छ । मङ्गलबार मध्याह्न १२ बजे स्थानीय मनकुमारी गुरुङ्को परालको माचमा आगलागी भएको हो । पथरी शनिश्चरे नगरपालिकाको दमकल र स्थानीयवासीले आगोलाई नियन्त्रण लिएको थियो।...

फक्ताङ्लुङ संगीत श्रष्टा सम्मानद्वारा सुब्बा सम्मानित

ललितपुर । फक्ताङ्लुङ सयङ्ले फक्ताङ्लुङ संगीत श्रष्टा सम्मान २०८२ को आयोजना गरेको छ। कार्यक्रममा फेदापहाङ द्वितीय भगत सुब्बालाई सम्मान गरिएको थियो । सम्मानित सुब्बालाई कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष गोबिन्द आङ्बुङ्ले सम्मान पत्र प्रदान गरेका थिए । आज ललितपुरमा सयङ्ले सम्मान कार्यक्रमको आयो...

क्षमता विकास तालिम

पथरी । पथरी शनिश्चरे नगरपालिकामा स्थानीय कर तथा सुत्र को राजस्व मोड्युल प्रयोग सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ। शुक्रबार  नगरपालिकाको सभाहलमा आयोजित तालिममा राजस्व शाखामा कार्यरत कर्मचारी तथा वडा सचिवहरूको सहभागिता रहेको थियो। तालिममा स्थानीय कर संकलन प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित सुत्र अन्तर्...

खेलाडीहरुको दुर्घटना वीमा गरिदिने

सखुवारा। पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ ले वडाका १९ वर्ष सम्मका खेलाडीहरुको खेल खेल्दा हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना वीमा गराइदिने भएको छ । खेलाडीले एक पटक घाइते हुँदा एक लाख सम्मको वीमा बापत भुक्तानी पाउनेछन् । वडाका फुटबल मैदानमा फुटबल अभाब हुन नदिने, भलिबल खेलाडीहरुलाई बल, नेट, जर्सी उपलब्ध गराउन...

पाइलट प्रोजेक्टमार्फत भूमि समस्या समाधान गरौं: सांसद कार्की

पथरी । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले प्रधानमन्त्री बालेन शाहसमक्ष एक प्रस्ताव राखेका छन् । आज प्रधानमन्त्री शाहसमक्ष मोरङ ३ को प्रतिनिधित्व गर्दै मोरङ ३ का लागि प्रधानमन्त्री समक्ष प्रस्ताव गरेको कार्कीले जानकारी गराए । उनले भनेका छन्, "मोरङ ३ मा भूमिको समस्या साह्रै कच्पल्टिएको छ । मोरङ ३ मा ...

प्रवेग हाङस्रोङ जिताऔ अभियान

दमक(झापा)। कवि प्रवेग  हाङस्रोङलाई फाइनल विजेता बनाउनको लागि पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापले “प्रवेग हाङस्रोङ जिताऔ अभियान” संचालन गरिएको छ । अभियानले दमकमा जारी कविताको रियालिटी शो  ‘मेरो कविता: द रिदम अफ पोएट्री’ को  विजेता बनाउनको लागि भोट गर्न अपिल गरेको हो ।`प्रिय सहयोगी मनहरुको सहायताले म टप ४ मा छु ...

अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत झुल वितरण

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ ले अपाङ्गता लक्षित कार्यक्रम अन्तर्गत झुल वितरण कार्यक्रम गरेको छ । बुधबार वडा नं. १ कार्यालयमा वडाध्यक्ष भीम राईको अध्यतामा झुल वितरण कार्यक्रम सम्पन्न गरिएको हो । वडाको आर्थिक वर्ष २०८२/०८३ को विनियोजित रकमबाट सो कार्यक्रम गरिएको वडा सदस्य पूर्ण कार्कीले जानकारी गराए...

विश्व क्षयरोग दिवस मनाइयो 

पथरी । विश्व क्षयरोग दिवस को अवसरमा पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाले सचेतनामूलक र्‍याली आयोजना गरेको छ । आज ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं, राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नारा अंकित ब्यानरसहित स्वास्थ्य शाखाको नेतृत्वमा ¥याली निकालिएको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, नग...

मोटरसाइकल ग्यारेजमा आगलागी

पथरी । मोरङको पथरी शनिश्चरे–१ बुद्ध चोकमा रहेको मिलन मोटरसाईकल ग्यारेजमा आगलागी भएको छ। सोमबार राति करिब १० बजे लागेको आगोले ग्यारेजका दुई वटा कोठा तथा सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि पथरी शनिश्चरे, बेलबारी, कानेपोखरी र उर्लाबारीका दमकल परिचालन गरिएको थियो । करिब एक घण्टापछि आगो नियन्त्रणमा आए...