१.विषय प्रवेश
हाम्रो देश नेपालको सुदुरपूर्वको लिम्बुवान क्षेत्रमा आफ्नो उत्धम स्थल हो भन्ने मान्यताको साथ उल्लेख्य मात्रामा बसोबास गर्ने खाम्जिरी खाम्बोङवासा लुङ्जिरी लुङबोबासा भूमिपुत्र मूलआदिवासी किरात याक्थुङ लिम्बू जातिहरुको मौलिक ज्ञानतत्वको खानि र सुन्दरताको भण्डार भएको आफ्नै धर्म, भाषा, लिपि, संस्कार, संस्कृति, जीवनशैली, रहनसन आदि यी लिम्बू जातिहरुको आफ्नै मौलिक बाजा, भेषभूषा, मौलिक गीत संगीत, मौलिक गरगहना २७ थानसम्म लगाउँने संस्कृति गरगहनाको धनि जातिमा पर्दछन् । यी जातिहरुको मुन्धुममा वर्णित सात पुस्तासम्म विवाह गर्न हुँदैन् भन्ने मान्यता राख्दछन् । हाल आएर कता–कता चार पुस्तासम्ममा विवाह गरेको पाइन्छ । यी जातिको धेरै संस्कृतिहरु मध्येको याः?लाः?क्मा वा धान नाच एक हो । यो लेखमा याक्थुङ लिम्बू जातिहरुको अत्यन्त लोकप्रिय नाचगान मध्ये धान नाचको मात्र कसरी सुरुवात भएछ भन्ने सन्र्दभमा संक्षिप्तमा लेख्ने कोशिस गरिएको छ । धेरै विद्वान वृन्दहरुबाट विभिन्न लेखहरु, कथनहरु पाइन्छन् । तापनि यो लेखमा उदाहरणको लागि थोरै मात्र लेख्ने कार्य भएको छ ।
२. क) ज्ञानेश्वर भट्टाराई आफ्नो बृहत ज्ञानकोषमा लेख्नुहुन्छ, धान नाचको उत्पति द्धापरयुगमा भएको मानिन्छ ।
ख) इतिहासकार इमान सिं चेम्जोङ लेख्नुहुन्छ, प्रारम्भमा मानिसहरुले कृषि व्यावसाय सुरु गरे माटो खन्जोत गरी विउँ रोपे उठाउने समय भएपछि धान काटेर केही दिन सुकेपछि पाखुराद्वारा धान झार्ने र दान रहेको परललाई छर्न लगाइ त्यो पराल माथि तीन पल्ट थिच्ने र देब्रे खुट्टा उचालि पुनः तीन पल्ट थिच्ने र दाहिने उचाल्ने यसरी सबै पराल तिनीहरुले खुट्टाले माडे पछि त्यहि खुट्टाले पराल माड्ने चलन प्रसिद्ध याः?लाः?क्मा (धान नाच) भयो ।
ग) इतिहासकार शिव कुमार श्रेष्ठ लेख्नुहुन्छ, प्रचिनकालमा लिम्बू किरातीहरु खेति गर्न जान्दैन थिए । फेल्येरे फेःम्पुना चराले विउँ विजन ल्याइदिई त्यो उर्मान खेति गर्न सिकाए । पाकेपछि सर्तअनुसार ती फेल्येरे फेःम्पुना चराहरु खान आउँदा जम्मा गरेर गाउँका सबै साथिलाई भेला गराएर धानको थुप्रो माथि चढेर एकअर्काको हात समातेर छुइया हा….हा…..हा भन्दै गीत गाउँदै नाच्ने चलन बस्यो । यसरी याः?लाः?क्मा (धान नाच) को उत्पति भयो ।
घ) अर्जुनबाबु माबुहाङ लेख्नुहुन्छ मुन्धुममा अन्न धानकै त चर्चा भेटिन्दैन धान नाचको उत्पतिसँग फाङबुः?मा (गोलसिमल) चराको चर्चा हुन्छ । उहिले सावायेहाङहरुले लगाएको बालि थन्काउँन, छुट्याउँन थालेछन् । एकातिर अन्नको ह्रास थुपार्न थालेछन् । र अर्कोतिर अन्नको सुकेको डाँठको कुनिउ छुट्एछन् । उति अन्नको ह्रास मात्रा बढ्दै गएपछि हैरान भएर अन्नको कारण खोज्न थालेछन् । सावायेहाङहरुले कुनिउमा फाङ्बुः?मा चराको गुँड देखेपछि सबै जना चरालाई धपाउन लागेछन् । चरालाई धपाउन हा…हा…हा… गर्दै अन्नको नल माड्ने क्रमबाट धान नाच र पालम गाउँन थालियो ।
३. अम्विका सम्बाहाम्फेको ‘चारमाया पालाम’ मा चार किसिमका मायाहरु हुन्छन् भनि लेख्नुहुन्छ ।
क) बोलमाया वा संसारीमाया ९अयmmयल यिखभ० हो । मुखको बोली मिठो गरेर सबैलाई मनपर्ने बोली बोलेर लगाउँने माया हो । हो, बोल माया देखाउँने दाँत जस्तो राम्रो त हुन्छ तर देखावटी र ओठे माया हो भन्न सकिन्छ । लाउँन सजिलो हुनाले यो सहज माया पनि हो ।
ख) जिउ माया ९उजथकष्अब ियिखभ० हेर्दा स्वार्थ पे्ररित क्षणिक दैहिक मायाको गीत जस्तो देखिए पनि नाच्दै गाउँदै जादा दुई जिउ एक हुनेसम्मको स्थितिमा पु¥याउने रागात्मक प्रेम । ९कभलकभ यिखभ० को संयोगान्त गीत हो ।
ग) फुलमााया ९ायिधभच यिखभ० विशुध्द्ध प्रेम ९उगचभ यिखभ० निश्वार्थ मायाको विशुद्ध गीत हो । फुलमाया त फुल जस्तै पवित्र, सुन्दर र मन जस्तै सङ्लो हुन्छ । भोक विलास तिर उन्मुख दैहिक माया नभएर पनि मिलनको संभावना भने भएको फुलमायाको सम्बन्ध अन्तरआत्मासँग हुन्छ ।
घ) दिलमाया ९जभबचत यिखभ० वियोगान्त प्रेम विछोडको र पिडाको गीत । आत्मिक आनन्द दिने दिलमाया अजर अमर हुन्छ । यो जुनिमा विरह व्याकुल जीवन बाँच्न बाध्यता र नियती भएता पनि अर्को जुनिमा त भेट हुने विश्वास राख्ने दिलमायको गीत दिलसँग जोडिएको हुन्छ, मुटुसँग गासिएको हुन्छ ।
४) अम्विका सम्बाहाम्फेबाट लिखित चारमाया पालामको बारेमा आत्मासाथ गर्दै हाल आएर संस्थागत वा संघसंस्थाको उत्तर–उत्तर प्रगति र उन्नतिको पालाम गीतहरु गाएको पाइन्छ भने क्रान्तिकारी पालामहरु पनि गाएको पाइन्छ । यसै प्रसङ्गमा म पहिला चुनाव लड्दा पालामबाट भोट मागेको सम्झना गर्न चाहान्छु । र पालाम पनि समय सपेक्ष गाउन र माया लाउन सकिने रहेछ भन्ने आफ्नो मत राख्दै आउँदा दिनमा कुन माया कता पर्छन् भन्ने निक्र्योल हुन्छ भन्ने आशा राख्दछु ।
५. आदिवासी लिम्बू जातिहरुको संक्षित परिचय येलेतङवे ५०६५ वि.स. २०६२ पेज नं. ६९ मा लाओती, येहाङ लेख्नुहुन्छ याक्लाक (धान नाच) नाचहरुमा कसरक्पा (सामान्य), थुरुप्पा (चर्को उफ्रने), ताम्ब्राङग्या, सिरथाप्पे र केङजोरी मुख्य हुन् । गन्दा चार प्रकारको वा किसिमको भन्न सकिन्छ ।
६. पंत्तिकारले याः?लाः?क्मा (धान नाच) प्रकार वा किसिमहरु सुने, जानेको र देखि जानेको कुराहरु ः
क) धान माड्न वा झार्न नाचिने नाच याः?लाः?क्मा,
ख) गोल आकारमा नम्वरी तानेर नाचिने नाच,
ग) गोल आकारमा नम्बरी नतानी नाचिने नाच,
घ) तेस्रा लहरमा उभिएर कदम मिलाउँदै अघिपछि सर्दै, अगाडी पछाडि फर्कदै नचिने नाच,
ङ) तेस्रा लहरमा आरा काटिएको जस्तो हल्लिदै नाचिने नाच,
च) चर्कोबा प्रयः केटा जवानले नाचिने नाच,
छ) तेस्रा लहमा उभिएर खुट्टा नसारी हल्लिदै अगाडि पछाडि फर्कदै नाचिने नाच,
७. अन्त्यमा माथि उल्लेखित वर्णनलाई र विविध किमन्दती आदिबाट के बुझिन्छ भने सुरुमा धान झार्न धान नाचियो । पालामको हकमा हा…. हा…. हा मात्र भनियो । अलिक पछि मुन्धुमा आधारीत सृष्टिको काथाहरु भन्दै हा… हा.. हा को लयवद्ध गर्दै गाउँन थालियो । त्यसपछि बाद मारेको जस्तो छन्दवद्ध र केहि लयमा हा..हा..हा भन्दै गाउँन थालियो । त्यसको विकसित रुप लामो लेग्रो तान्दै माया पिरतीको पालाम भन्न थालियो । हुदैँ जादा एक ठाउँमा गाएको पालामको भाका कसैलाई मन प¥यो र उक्त भाका अर्को ठाउँमा गाउँदा जस्ताको त्यस्तै गाउँन नसक्दा अर्को लय वा भाका भयो । हुदैँ जादा पालामको लय वा भाकाहरु सयौँ हुन गयो । त्यसैले एकताका सबै लिम्बूहरु जन्मसिद्ध संगीतकार कलाकार भनिन्थ्यो । त्यस ताका, सबै लिम्बूहरुले धान नाच र पालाम गाउँन जान्दथे । हाल आएर त्यस्तो अवस्था रहेन त्यस कारण सम्पूर्ण खाम्जिरी खाम्बोवासा लुङजिरी लुङबोवासा, भूमि पुत्र मूल आदिवासी किरात याक्थुङ लिम्बू जातिहरुले आत्मासाथ गर्दै लिम्बू जातिहरुको लोकप्रिय प्रसिद्ध धान नाचलाई संरक्षण र सर्वद्धन गर्न हाम्रो दायित्व हो भन्ने मनन गर्दै उत्पतिको बारेमा भिन्न–भिन्न किमदन्तीहरु अगाडि सारिएको छन् तापनि याः?लाः?क्माको सुरुवात कृषि युगसँगको सुरुवातसँग बलियो सम्बन्ध छ, आधारहरु छन् भन्ने कुरा यो छोटो लेखबाट अवगत गराउँदै लेख अन्त्य गर्न चाहान्छु । ००
(लेखक ः कियाचु लिम्बू सांस्कृतिक परिषद्को अध्यक्ष हुन् )
सन्र्दभ सामाग्री
१. लाओती, येहाङ (वि.स. २०६२), आदिवासी लिम्बू जातिको संक्षिप्त परिचय ।
२. अम्बिकाकुमार सम्बाहाम्फे, (वि.स. २०७२) चार माया पालाम ।
३. अर्जुनबाबु माबुहाङ (वि.स. २०६९) लिम्बू जातिको मुन्धुम र इतिहास ।
४. सुनेदेखि जानेको आदि ।


200 पटक हेरिएको 










