
२०७२को त्यो दिन सम्झन्छु, खगेन्द्र सङ्ग्रौला, सिकेलाल, कृष्ण खनाल, विजयलाल कर्ण, कृष्ण हातेछु, दिपेन्द्र झा, युगपाठक, लगायत विराटनगर पुगेका थियौँ । हामीलाई त्यहाँ बोलाउने वा पुर्याउने विराटनगरका मित्रहरू थिए। उनीहरू मध्ये दुई जना चिनेका खुसियाली सुब्बा र श्याम मिश्रको समझन चाहेँ । अरू अरुमितरहरू त्यतिखेर नै नचिनेको र अहिले पनि। कार्यक्रमको मकसद थियो नेपालको संविधान, २०७२ जारी भयो त्यस पछिको अवस्थाको बारेमा विमर्श गर्नु।
एकदिवशीय कार्यक्रम सम्पन्न भई फर्कँदा खगेन्द्र दाइले भन्नू भयो, “आजकल नितान्त एकलो भएको महसुस हुन्छ । अरु त अरू मोर्निङ्वाक हिँडने मेरो साथिले पनि छोडे। म बाटाको वारि पट्टि हिँड्छु, पारिपट्टीकाले धारे हात लायर मेरो कुरो काट्दै, सराप्दै हिँडछन्। के भएको यो, माबुहाङ सर! म पञ्चहरूको जगजगीमा पनि यति एकलो कहिले भएको अनुभव गरिन।”
खगेन्द्र संङ्ग्रौला जस्तो निस्वार्थी, देश र जनताको बोली बोल्नु सिवाय उसको भन्नू अरु केही थिएन र छैन। उसले भनेको कुरा के थियो भने भूईँ मुन्छे जनजाति, मधेसी, दलित, महिला, संविधानमा आँटेनन्। उनीहरूलाई बाहिर पारेर जारी गरेको संविधाजको के अर्थ? उसको अपराध जन्यबोली त्यही थियो, र अहिले पनि छ।
अर्थात ०७२ को संविधानमा तत् तत् समूहले हारेको थियो, खस-आर्य समुदायले जितेको भाष्य चौतर्फी बनेको थियो। खगेन्द्र दाईको कुरा सुनेर मनमा माया पनि लाग्यो। मानौ दाइलाई मर्निङवाकमा साथी दिन पाए हुन्थ्यो! तर उनी बस्ने चाबहिलमा, म कीर्तिपुरमा। युग पाठकसित कुरो भएको पनि हो, दाइसित अलिक बाक्लो भेटघाट गरौँन, पनि भने। तर जुरेन।
दाइलाई त्यो बेला मैले भनेको बिर्सेको छुइन। “दाइ यो कथित नेपाली समाज कति विद्रुप र कुरुप छ भने परिवारको कुनै सदस्य, छोराछोरीलाई नै भनौँ कुष्टरोगले भेट्यो भने उसलाई एकान्त जङ्गलमा बास पारेर त्याग्ने समाज हो। त्यति कुरुप परिवार र समाज हो। तपाई ले जुन कुराको पक्षमा उभिनु भयो, उनै मान्छेहरु हुन, जो जङ्गलमा नै बास गरून् भन्ने समाज हुन, दाइ! सँधै अवस्था त्यस्तो रहन्न।”
आज प्रज्ञा प्रतिष्ठानको डबली अटिनअटी भेला भएका मनुवाहरु एकसरो हेरेँ खगेन्द्र सङ्ग्रौला दाइलाई सराप्ने मित्रहरू छनकि भनेर। कसैलाई देखिन। उज्वल प्रसाईको एउटा “हवाटस एप” को खबर सुनेर भेला भएका मुन्छे रिटठो नबिराई गन्दा ५ सयको वरिपरि हुन पर्छ।
खगेन्द्र दाइ कोहुन? डा.सविन निङ्लेकु को बखानमा, “पाको जानकार, बुढोहरू सबै मरिसकेको अवस्था, युवा नयाँ पुस्ता जन्मि नसकेका वा हुर्कि नसकेको बखत पिसाचहरूले उत्पात मचाउँछन; त्यो देखेर तिनका विरुद्ध लेख्ने खगेन्द्र सङ्ग्रौला, मैजिकल मार्कसिष्ट हुन।” सटिक विश्लेषण ।
आजको दिन उदघोषक गगन थापा, कमेन्टेटर डा.सबिन निङ्लेकु, डा. महेश मास्के, उषा श्रेष्ठ, र लेखक उजवल प्रसाईं को विचारहरु सुनेर दिन फलदायी रहेको अनुभव गरेँ। लेखक उज्वल प्रसाई, र खगेन्द्र संग्रौलाको जयहोस! बाँकी पुस्तक पढेपछि ।


127 पटक हेरिएको 









