पथरी । `पथरी शनिश्चरे नगर खेलकुद महोत्सब´ अन्तर्गत फुटबल प्रतियोगितामा सिरिजंगा एफ.सी.ले बिजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा सिरिजंगाले प्रभात सामुदायिक युवा क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । सिरिजंगाको तर्फबाट शौर्य राउत, अंकित लिम्बु र दिपराज लिम्बुले एक एक गोल गरे भने प्रभात सामुदायिक युवा क्लबका तर्फबाट सान्त्वना गोल रोशन माझीले गरेका थिए । खेलको म्यान अफ द म्याच सिरिजंगाका खेलाडी संयोग थापा भएको छ । नगरमा दर्ता भएका १० टिमले सहभागी रहेको खेल जातेमोडमा माघ १५ गतेसम्म जारी रहनेछ । प्रथम हुने टिमले १ लाख, दोस्रोले ५० हजार नगद, ट्रफी, मेडल पुरस्कर पाउनेछ । प्रतियोगितामा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरिएको छ ।
आज नजरिन याईसी र याईएफसी बीच स्पर्धा हुनेछ ।


104 पटक हेरिएको 





