
पथरी । पथरी शनिश्चरे नगरपालिका पशुपंक्षी विकास शाखाद्वारा सञ्चालित ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/ निर्माणमा अनुदान कार्यक्रमको लागि छनौट भएका कृषकहरुको कार्यसम्पन्नताको स्थलगत अनुगमन गरिएको छ ।
नगर उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको संयोजकत्वमा आज वडा नं. ६ को हरिमाया कृषि तथा पशुपालन फर्म, वडा नं. ७ को खम्बुटोल पशुपंक्षी तथा कृषि फर्म, वडा नं. ६ को रायमाझी कृषि फर्म, प्रदिप पशुपंक्षी तथा कृषि फर्म, वडा नं. ५ को बखम्बे कृषि फर्म पशुपंक्षी पालन एकीकृत कृषि फर्म खेती, वडा नं. ९ को अफर्सी कृषि फर्म प्रा.लि., वडा नं. ६ को मोति एकीकृत कृषि फर्म, वडा नं. ७ को लक्ष्मी कृषि फर्म पशुपंक्षी पालन तथा मिश्रित खेतीको अनुगमन गरिएको हो ।