अर्जुन जम्नेली राई सम्मानित २७ श्रावण २०८२, सोमबार ११:०३ 67 पटक हेरिएको विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अर्जुन जम्नेली राई सम्मानित भएको छ । आज फोनिजको २६ औं स्थापना दिवसको अवसरमा राई विराटनगरमा सम्मानित भएकोे हो । स्वर्गीय कृष्ण देवानकी श्रीमती धनमायाँ देवान र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राईलाई नगद ८ हजार १ सय ५ रुपैयाँसहित पुरस्कृत भएका हुन् । मेयर नागेश कोइरालाले क्लिक गरेर फोनिजको नयाँ वेबसाइटको औपचारिक शुभारम्भ गरेको छ । कार्यक्रम फोनिज मोरङ्ले आयोजना गरेको हो ।