काठमाडौं । लिम्बू कथानक चलचित्र ‘के’ ले ‘सर्वोत्कृष्ट आदिवासी चलचित्र’ प्राप्त गरेको छ । आइतबार चलचित्र विकास बोर्डमा सम्पन्न सोसियल मिडिया फिल्म अवार्ड २०२३ द्वारा उक्त अवार्ड वितरण गरिएको हो ।
‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनामा सम्पन्न अवार्डमा चलचित्रकर्मिहरुलाइ विभिन्न अवार्डहरु वितरण गरिएको थियो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले यसअघि अन्तर्राष्ट्रिय आदिवासी जनजाति चलचित्र महोत्सव अमेरिकामा उत्कृष्ट चलचित्र अवार्ड, नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा उत्कृष्ट चलचित्र अवार्ड, एफएलएफ अवार्डमा उत्कृष्ट कथा अवार्ड, उत्कृष्ट लेखन/निर्देशन अवार्ड, जोमोगान अवार्ड थाइल्यान्डमा जोमो अवार्ड लगायत पुरस्कारहरू प्राप्त गरिसकेको छ । सागर केरुङको लेखन निर्देशन रहेको चलचित्रमा मधु केरुङ, बबिता फोम्बो, रुपा आङ्बुङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, दिपक खनाल लगायतले अभिनय गरेका छन् ।


122 पटक हेरिएको 









