“म पहिचानवादी”

-अमिर मगर
म पहिचानवादी
तर तिम्रो नजरमा जातिवादी।

म समानतावादी
तर तिम्रो नजरमा सधै जातिवादी।

म अधिकारवादी
तर तिम्रो नजरमा अराजकतावादी।

तिम्रो शोषण र विभेद सहुन्जेल चै
म सामाजिक र तिम्रो राम्रो साथी ।
तर तिम्रो शोषण र विभेदको विरुद्धमा बोल्दा, लेख्दा र संघर्ष गर्दा, म साम्प्रदायिक र तिम्रो खराब साथी।

हुनत नबुझ्नेलाई बुझाउन सकिन्छ
तर तिमी जस्तो बुझ पचाउनेले सधै नबुझे झै गर्छौ।
हाम्रो देशको विविधतालाई सुन्दरता, शक्ति र सम्पति बनाउन
होइन; नश्लीयरुपले सधै एकात्मक राज्यसत्ता चलाई देश र जनतालाई लुटीरहेछौ।

तिमी चै साच्चिकै उग्र जातिवादी
तर भन्छौ आफुलाई मानवतावादी।

तिमी चै साच्चिकै विभेदकारी
तर आफुलाई भन्छौ परोपकारी।

तिमी चै साच्चिकै राष्ट्रघाती
तर भन्छौ आफुलाई राष्ट्रवादी।

आजसम्म सबथोक तिम्रो अनुकूल छ
त्यसैले त तिम्रो मनपरी चल्दैछ।

तर एकदिन अवश्य तिम्रो मनपरी बन्द हुनेछ।
हाम्रो संघर्षले तिम्रो एकात्मक राज्यसत्ता ढल्नेछ।

पहिचान, समानता र समृद्धिको लागि म बोल्न, लेख्न र
संघर्ष गर्न मात्र होइन; मर्न पनि तयार छु।

किनकी शोषण र विभेद सहेर दास झै सय वर्ष बाच्नुभन्दा
शोषण र विभेदको विरुद्धमा लडेर मर्नु सर्वोत्तम हो।

दास झै उत्पीडिनमा सयौ वर्ष बाच्नुभन्दा
स्वतन्त्र र अधिकार सम्पन्न भै एकदिन जीउनु सर्वोत्तम हो।
किनकी म हु समानतावादी ।
किनकी म हु पहिचानवादी।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार